हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा थिम तयार गरिन्छ । उक्त थिममा आधारित रहेर संघसंस्थाहरुले वर्षभरी नै कार्यक्रमहरू गर्छन् । यस वर्ष पनि सहकारी दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरू भइरहेका छन् ।
सहकारी महासम्मेलन दुईपटक गरियो । सन् २०१२ मा अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाइयो । त्यतिबेला पनि सहकारी आन्दोलनको समीक्षा भयो । तय गरेका कार्यक्रम कति कार्यान्वयन भए÷भएनन् हेरियो । तर, हरेक वर्ष आउने दिवसका अवसरमा त्यसरी समीक्षा गरिएको छैन ।
अब हरेक दिवसका थिम नतिजामा आधारित हुनुपर्छ । अहिले समीक्षा हुन सक्यो भने पक्कै पनि सहकारीले फड्को मार्न सक्छ । उद्देश्य हासिल गर्न सक्छ । दिवस नतिजामुखी बन्न समीक्षा गर्ने संस्कार बसाउन आवश्यक छ ।
राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिम तय गरेको छ । यसतर्फ अझै पनि जोड दिनुपर्ने भएकाले अघिल्लो वर्षको थिम दोहो¥याएको छ । कोरोना महामारीले हामीलाई प्रविधि प्रयोग गर्न सिकाएको छ । प्रविधि प्रयोगमा सहकारी धेरै अघि बढेको छ । सहकारीमा प्रविधिको प्रयोग र मर्यादायुक्तमा लैजाने काम भएको छ ।
कुनै पनि चिजको विकास क्रमिक ढंगले हुन्छ । सहकारीमा पनि क्रमिक रुपले अघि बढेको छ । धेरै सुधार भएको छ । तर, सहकारीमा अझै केही समस्या पनि छन् । कुनै पनि क्षेत्रमा सुधार गर्न एउटा विचार, दृष्टिकोण र प्रशिक्षणले मात्र हल हुँदैनन् ।
थिमका आधारमा सहकारी संघसंस्थाहरुले वर्षभरी कार्यक्रम बनाउँछन् । थिममा गाँसिएर सबै संघसंस्थाले आफ्ना कार्यक्रम चलाउनुपर्छ । हरेक संघसंस्थाले काम गर्दा त्यो थिम राखेर काम गरेका पनि छन् । यसका साथै हरेक संस्थाको पनि आफ्नै थिम हुन्छ । त्यसअनुरुप पनि संस्थाले कार्यक्रम बनाएर सदस्यलाई शिक्षा दिनुका साथै गतिविधि सञ्चालन गर्छन् ।
Leave a comment