काठमाडौं । रिजर्भ बैंक अफ इन्डिया (आरवीआई) ले आठ वटा ग्रामीण सहकारी बैंकलाई जरिवाना गरेको छ । सहकारी बैंकहरुले आइवीआईको नियम विपरित कारोबार गरेको भेटिएपछि केन्द्रीय बैंकले चेतावनीस्वरुप ४ लाखदेखि २५ लाख भारतिय रुपैयाँसम्म जरिवाना गरेको हो । सहकारी समाज ऐन १९१२ अनुसार दर्ता हुन्ने सहकारी बैंकहरूलाई आरवीआईले नियमन गर्ने गरेको छ ।
आरवीआईले जिल्ला सहकारी केन्द्रीय बैंक—मर्यादित नरसिंहपुर, फेज मर्कनटाईल सहकारी बैंक–नासिक, नवपल्ली सहकारी बैंक–बारसात, अमरावती मर्चेन्ट कोअपरेटिभ बैंक, मनिपुर सहकारी बैंक–मनिपुर, युनाइटेड इन्डिया सहकारी बैंक–युपी, भागव ग्रामीण सहकारी बैंक, नवनिर्माण सहकारी बैंक– गुजरातलाई जरिवाना गरेको हो । आरविआईले गरेको अनुगमनपछि पनि कानुनी प्रावधानहरु पालन नगरेको भन्दै जरिवाना गरिएको उल्लेख गरेको छ ।
Leave a comment