युद्ध झेलेरै सेवामा युक्रेनी सहकारी, सहयोग जुटाउदै अक्कु 

युद्ध झेलेरै सेवामा युक्रेनी सहकारी, सहयोग जुटाउदै अक्कु  :: Sahakari Akhabar

काठमाडौं । युक्रेन जारी द्धन्द्धका कारण हिंसात्मक घटनाहरु भइरहेका छन् । तर, त्यहाका सहकारीहरुले भने आफ्ना सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् । युद्धले सहकारी व्यवसाय र तिनका सदस्यहरुलाई जोखिममा पारेपनि देशका उपभोक्ता सहकारीहरुले आफ्नो सदस्यलाई सक्दो सेवा दिने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।‘युद्ध छ, मानिसहरु मरिरहेका छन् तर, सहकारीहरुले आफ्नो भूमिका छोडेका छैनन्’ युक्रेनी केन्द्रीय उपभोक्ता सहकारीकी अन्तर्राष्ट्रिय मामिला प्रमुख इरिना लोपुशान्स्कालाई उल्लेख गर्दै आइसिएले उल्लेख गरेको छ ।

युक्रेनमा उपभोक्ता सहकारीमार्फत १५ हजार व्यवसाय, तीन हजार रेष्टुरेन्ट, तीन सय उत्पादनमुलक कम्पनी र तीन सय बजार संचालनमा छन् । सन् २०१६ देखि विश्व क्रेडिट युनियन (ओक्कु) ले युएसआइडीको आर्थिक सहयोगमा कृषि उत्पादकहरुका लागि ऋण परियोजना संचालन गरिएको छ ।

कार्यक्रमबाट युक्रेनी क्रेडिट युनियन बजारलाई बलियो बनाउने र कृषि ऋणमा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ । युक्रेनको सैन्य संघर्षबाट यो कार्यक्रममा पर्ने प्रभावबारे अलर्ट अवस्थामा रहेको ओक्कुले जनाएको छ ।

हामी युक्रेनी क्रेडिट युनियनहरुको संघसँग नियमित सम्पर्कमा छौं, यो संकटको समयमा कस्तो सहयोग गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । ओक्कुका अध्यक्ष एसिसा म्याककार्टर लाबोर्डले भनेका छन् ।अमेरिकन क्रेडिट युनियम एसोसिएनले पनि एक विज्ञप्ती जारी गर्दै युक्रेनमा शान्तीको लागि कामना गरेको छ ।

यस्तै इन्टरनेशनल अर्गनाइजेसन अफ इन्डस्ट्रियल एण्ड सर्भिस कोअपरेटिभ्स (सिकोपा) र युरोपेली कन्फेडेरेसन अफ इन्डस्ट्रियल एण्ड सर्भिस कोपले पनि ट्विटर पोष्टहरू मार्फत युक्रेनका जनतालाई ऐक्यबद्धताको वाचा गरेका छन् ।

सहयोग कोष सुरु 
क्रेडिट युनियनहरूको लागि विश्वव्यापी फाउन्डेसनले युक्रेनका क्रेडिट युनियनहरूलाई समर्थन गर्न युक्रेनी क्रेडिट युनियन सहयोग कोष सुरू गरेको छ । कोषमार्फत युक्रेनमा रूसको आक्रमणमा परेका कर्मचारी र क्रेडिट युनियनका सदस्यहरूलाई सहयोग गर्ने योजना रहेको छ । फाउन्डेसन विश्व क्रेडिट युनियन (ओक्कु) को परोपकारी शाखा हो ।

ओक्कुका कार्यकारी निर्देशक माइक रोटरले विश्वभरका क्रेडिट युनियनहरूले युक्रेनमा आफ्ना सहकर्मीहरूलाई कसरी मद्दत गर्न सक्छन् भनेर सम्पर्कमा रहेको जानकारी दिए । “हाम्रो विश्वव्यापी क्रेडिट युनियन समुदायले उनीहरूको युक्रेनी साथीहरूको लागि चिन्ता र समर्थन तुरुन्तै अगाडि बढ्यो’ उनले भने, ‘विस्थापन कोषमा प्रदान गरिएको चन्दाले युक्रेनको क्रेडिट युनियनहरूलाई छोटो र लामो अवधिमा मद्दत गर्नेछ ।” कोषमा ४३ हजार अमेरिकी डलर संकलन भएको जनाएको छ ।



Leave a comment