Sahakari Akhabar

६२ वर्षे अध्यक्ष भन्छिन : उमेरले त छोड् भन्छ ! 

६२ वर्षे अध्यक्ष भन्छिन : उमेरले त छोड् भन्छ !  :: Sahakari Akhabar

चीना थापा, विराटनगर । सहकारी अभियानमा महिलाको सहभागिता पुरुषको भन्दा बढी छ । सहकारी क्षेत्रमा ५१ प्रतिशत महिलाको सहभागिता रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।प्रारम्भिक सहकारीमा महिलाको सहभागिता बढि भएपनि नेतृत्वमा भने कम  छ । नीति निर्माण तहमा अझै महिलाको सहभागिता वृद्धि हुन सकेको छैन ।

सकारीको नेतृत्व लिएर महिलाले मात्र सञ्चालन गरेका सहकारीहरु भने सहकारीको सिद्धान्त अनुसार सञ्चालन भईरहेका छन् । महिलाकै नेतृत्वमा संचालित सहकारीमध्ये एक हो मोरङको विराटनगरमा रहेको स्वाती बचत तथा ऋण सहकारी संस्था ।

जसलाई नेतृत्व गरेकी छन् संगीता दाहालले । सहकारी संस्थाको नेतृत्वमा बसेर काम गर्दा उनको अनुभवमा यो आलेख केन्द्रीत छ । विराटनगरको स्वाती बचत तथा ऋण सहकारी संस्था सहकारीकर्मीहरुको लागि प्रेरणाको स्रोत हो ।

महिला  सहकारीकर्मीहरुको लागि त झनै उत्पे्ररणा जगाउने सहकारी बनेको छ । उक्त संस्थाको नेतृत्व गर्र्दै आएकी ६२ बर्षिय संगीता दाहाल सहकारीकर्मीका लागि आदर्श व्यक्तिका रुपमा पहिचाहन बनाएकी छिन् ।

अध्यक्ष दाहाल पहिला शिक्षिका थिईन । मोरङको बेलबारीमा शिक्षण पेशालाई अगाडि बढाईरहेकी उनी २०५० सालमा बिराटनगर वस्न थालिन । त्यसपछि उनले ५ बर्ष विराटनगरबाट धाएर शिक्षण पेशालाई निरन्तरता दिइन् ।

विराटनगरबाट धाउन समस्या भएपछि उनले शिक्षण पेशा छाडेर एनजिओमा काम गर्न थालिन । उक्त समयमा गाउँका केहि महिलाहरुले ‘अब हामी पनि बचत गर्नुपर्छ’ भनेर सल्लाह लिन आए ।

उमेरको हिसावदेखि सहकारीमा लागेको हिसावले हेर्दा दाहाल अगाडि थिइन्  । उनलाई उपाध्यक्षका लागि नोमिनेशन गर्न दवाव पनि आएको थियो । तर उनले सदस्यमा नोमिनेशन गरिन । कारण थियो उनकी विद्यार्थी पार्वता बरालले उपाध्यक्षमा आकांक्षा व्यक्त गरिन् ।

दाहालले आफु महिलाको क्षेत्रमा नै काम गरिरहेको भएकाले महिलाहरु नै बचत गर्न सल्लाह लिन आएपछि एकदमै खुसी भएर यस्तो काम त थालिहाल्नुस भन्ने सुझाव दिइन् । उनीसँग सल्लाह लिन जाने व्यक्ति थिईन कल्पना पराजुली ।

हामीलाई सघाउनुपर्छ भनेर सल्लाह लिन गएकी उनले २०६१ साल बैशाख ५ गते दाहालकै घरमा ३१ जना महिला लिएर गईन । महिलाहरुले राम्रो काम गर्न लागे भनेर दाहाललाई निकै खुसी लागेको थियो । उनीहरुलाई सकेको सघाउने प्रतिवद्धता गरिन् ।

तर, सल्लाह लिन गएका महिलाहरुले एक्कासी हामी त अध्यक्षको घरमा आयौं भन्दा दाहाल अचम्ममा परिन । सबैले एक स्वर गरेपछि दाहालले हुन्छ भनिन् र अध्यक्ष भएर महिला समुहको नेतृत्व गरिन् ।

तीन बर्ष दाहालले आफ्नै घरमा समूह सञ्चालन गरिन । २०६५ मा सहकारीको रुपमा विधिवत दर्ता भएपछि कार्यालय सञ्चालन गरेर सेवा सुरु भयो । सहकारीमा पैसा उठाउने कर्मचारी छैनन् ।

महिलाहरु आफै आएर बचत बुझाउँछन् । महिनाको १५ गतेसम्म मात्र बचत गर्ने नियम छ । १६ गते भयो भने बचतकर्ताले ५ रुपैया जरिवाना तिर्नुपर्छ । हिजो दुई जनाको बीचमा बोल्न नसक्नेहरु अहिले हजारौको भिडमा बोल्छन् ।

महिलाहरु बाहिरको काम कमै गर्थे । घरभित्रको काममा सिमित महिलाहरुलाई बाहिर निस्केर दुई जनाको बिचमा बोल्न पनि सक्दैन थिए । सहकारीले विराटनगर महानगरपालिकाको ५ वटा वडा मात्र कार्यक्षेत्र बनाएको छ । बचतकर्ताले आफैले पैसा बुझाउन आउनुपर्ने भएकाले कार्यक्षेत्र बढाएको छैन ।

सहकारीमा अहिले ३६४ जना शेयर सदस्य छन् । केही नयाँ शेयर सदस्य बाहेक सबैलाई सहकारी व्यवस्थापन तालिम सहकारीले दिएको छ । जसले गर्दा शेयर सदस्यले सहकारीमा के भईरहेको छ ।

सहकारीको अवस्था के छ भनेर राम्रोसँग बुझेका छन् । त्यसकारण पनि सहकारीमा कुनै समस्या छैन । आज ऋण लगानी गर्ने पैशा छैन भन्दा शेयर सदस्यले बुझ्छन् । सहकारीको विकासको लागि यस्तो खालको कार्यक्रम गर्नुपर्यो भन्दा हुँदैन भन्न सक्दैनन् ।

नेतृत्व लिन चाहदैनन्
लामो समयदेखि सहकारीको नेतृत्व गर्दै आएकी दाहाल अहिले ६२ बर्ष भईन । उनी नेतृत्व हस्तान्तरण गर्ने सोचमा पनि छिन् । तर सहकारीका शेयर सदस्यले मान्दैनन् । संस्थाको नेतृत्व लिएपछि समय पनि दिनुपर्छ । पदमा बसिरहे भन्न मात्र सजिलो छ । काम गरेर देखाउन गाह्रो छ । घरको काम छाडेर संस्थाको काम गर्नुपर्छ ।

महिलालाई त नेतृत्व गरेर देखाउन चुनौति पनि छ । घर व्यवहार धानेर संस्था चलाउनुपर्छ । पछिल्लो समयमा नेतृत्वमा महिलाहरु आउन थालेका छन् । पुरुषको सहयोग नपाउँदा नेतृत्व गर्न सकिरहेका छैनन् । सबैलाई विश्वास पनि गदैनन् । अर्को आउँदा के हुने हो भन्ने चिन्ता सदस्यलाई हुनेरहेछ ।

अगाडि अब अरुलाई पालो दिन्छु भन्दा साथीहरु उसो भए हाम्रो सबै रकम फिर्ता दिनुस अनि छाड्नुस भनेपछि आफुले जन्माएको संस्थाको माया लाग्यो । साथीहरुको आग्रहमा अहिलेसम्म बसिरहेको छुँ ।

आफुले जन्माएर स्याहार सुसार गरेर यहाँसम्म ल्याएकाले छाड्न मनले मान्दैन । सहकारीलाई उचाईमा लैजान सक्नेलाई नेतृत्व हस्तान्तरण गर्न सकियो भने आफुलाई नी सन्तुष्टि हुन्छ।

दिदीबहिनीको विश्वासमा आज सहकारी यो अवस्थामा आईपुगेको छ, उहाँहरुकै विश्वासमा र उहाँहरुले नै चाहेको जस्तो व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने सोचमा छु । कोही निस्कनुभयो भने ठिकै छ, हैन भने आफैले पनि नेतृत्व लिन सक्ने व्यक्ति तयार गर्ने सोचमा छुँ ।

गुरु सदस्यमा अनि चेली उपाध्यक्षमा
भखरै जिल्ला सहकारी संघ मोरङको निर्वाचन सम्पन्न भयो । संघको पदाधिकारीमा जान योग्य थिए संगीता दाहाल र पार्वता बराल । संघमा रहेको अरु कसैको पदाधिकारीमा जान योग्यता पुगेन ।

उमेरको हिसावदेखि सहकारीमा लागेको हिसावले हेर्दा दाहाल अगाडि थिइन्  । उनलाई उपाध्यक्षका लागि नोमिनेशन गर्न दवाव पनि आएको थियो । तर उनले सदस्यमा नोमिनेशन गरिन । कारण थियो उनकी विद्यार्थी पार्वता बरालले उपाध्यक्षमा आकांक्षा व्यक्त गरिन् ।

आफ्नो चेलीलाई हटाएर उनलाई पदाधिकारीमा जान मन लागेन । अनि मैले सबैलाई चेलीको ठाउँमा नोमिनेशन गर्दिन भने । सानो ठाउँमा बसेर म सानो मान्छे हुने हैन । चेलीलाई माथि पुर्याएर आफु तल बस्नु पनि त गुरुको कर्तव्य हो । आफैले पढाएको चेलीको कार्यकर्ता भएर वस्दा म एकदमै खुसी छु ।



Leave a comment