भारतको केन्द्रीय सहकारी रजिष्ट्रारमा विजय कुमार

भारतको केन्द्रीय सहकारी रजिष्ट्रारमा विजय कुमार :: Sahakari Akhabar

काठमाडौं। भारतको केन्द्रीय सहकारी रजिष्ट्रारमा विजय कुमार नियुक्त भएका छन् । युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियाबाट एमबीए पूरा गरेका उनले इलेक्ट्रोनिक्समा स्नातक समेत गरेका छन् ।

यस्तै अमेरिकाबाट पनि उनले आर्थिक विकाससम्बन्धी माइक्रो म्यानेजमेन्ट कोर्ष पूरा गरेका छन् । भारतको सहकारी मन्त्रालय अन्तर्गत विजय कुमारलाई तत्कालैदेखि लागू हुने गरी केन्द्रीय रजिष्ट्रारमा नियुक्त गरिएको हो ।

संघीय सहकारी मन्त्री अमित शाहसँग काम गर्ने उनी पहिलो केन्द्रीय रजिष्ट्रार हुनेछन् । विगतमा विभिन्न निकायहरुमा काम गरेका कुमारसँग लामो राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव समेत रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।




Leave a comment