सहकारीले फेरिएको नारायणीको जीवन

सहकारीले फेरिएको नारायणीको जीवन :: Sahakari Akhabar

काठमाडौं । बर्दघाट नवलपरासीकी नारायणी कोइरालाको सहकारीबाट जीवन फेरिएको छ । सहकारीबाट ऋण लिएर व्यवसाय गरेकी कोइरालाको जीवन रुपान्तरण भएको हो । दाउन्नेदेवी महिला बहुउद्धेश्यीय सहकारी संस्थाबाट २०६८ मा बिनाधितो ऋण लिएर उनले व्यवसाय अघि बढाइन् ।

सुरुमा हाटबजारमा व्यापार गर्ने नारायणीले सहकारीबाट ५० हजार ऋण लिएर सटरमा कपडा पसल सञ्चालन गरेकी हुन् । अहिले पसलबाटै उनले ३ करोडको घर निर्माण गरेकी छन् । बर्दघाटमा उनीले आकर्षक २ तले घर बनाएकी छन् ।

त्यसबाहेक ५ स्थानमा घडेरी जोड्न सफल भएकी छन् । उनले आफ्नै घरमा  १० लाख रुपैयाँ बराबरको लागतमा कपडा पसल सञ्चालन सञ्चालन गरिरहेकी छन् । छोराको सहयोगमा सहरको आसपास क्षेत्रमा लाग्ने हाडबजारमा पनि नियमित रुपमा ब्यापार गर्छिन् ।

व्यापारकै सिलसिलामा उनको श्रीमान मेघनाथको २०६५ मा सडक दुर्घटना निधन भयो । श्रीमानको निधनपछि छोराको पालन पोषण गर्न, पसल सञ्चालन गर्न संकट आएपनि उनी डगमगाइनन् । कठोर मेहनत गरेर उनी अहिले सफल उद्यमी बनेकी छन् ।

छोरालाई काखमा च्याप्दै उनले श्रीमानको व्यवसायलाई अघि बढाइन् । घर बनाइरहेको क्रममा श्रीमानको निधन भएको थियो । नारायाणीले बाँकी काम पूरा गरिन् । सहकारीको सदस्य भएदेखि जीवन परिवर्तनमा टेवा पुग्दै गएको उनको अनुभव छ । उनको छोरा अहिले कक्षा १२मा पढ्छन् ।




Leave a comment