काठमाण्डौं । मलेसियाली प्रधानमन्त्री डाटुक इस्माइल साब्री याकोबले बढ्दो मुल्यवृद्धि नियन्त्रणमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
उनले मुलुकभरका सहकारीहरुले महंगी नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गरी कोभिडका कारण वित्तीय तथा मानसिक तनाव भोगिरहेका मलेसियाली नागरिकहरुलाई राहत पुर्याउन सक्ने विश्वास व्यक्त गरेका हुन् ।
मलेसियाको बेरा जिल्लास्थित सहकारी निकायको साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सहकारीहरुको राष्ट्रिय आवश्यकता बोध गराएका हुन् ।
त्यसको एउटा उपाय अत्यावश्यक उपभोग्य खाद्य लगायतका सामाग्री देशभरका सहकारीहरुमा सुपथ मुल्यमा उपलब्ध गराउने एउटा बृहत् थोक उपभोक्ता सहकारी स्थापना हुने मलेसियाली प्रधानमन्त्री याकोबले बताए ।
उक्त थोक सहकारीमार्फत दशभरका सहकारीहरुमा सस्तो र गुणस्तरीय सामाग्री उपलब्ध गराउने र उनीहरुमार्फत आम नागरिकहरुलाई बिक्रीवितरणको व्यवस्था मिलाउन सकिने धारणा उनले राखे ।
‘जनतामाथिको आर्थिक तथा त्यसले उत्पन्न गर्ने मानसिक दबाब कम गर्न सहकारीहरुले भूमिका खेल्न सक्छन्, ’प्रधानमन्त्री याकोबले भने, ‘धेरै सहकारीहरु भएपनि अधिकांशले निजी थोक पसलबाट चामल, चिनी जस्ता खाद्य सामाग्रीहरु थोरै मात्रामा किनेर बिक्री गर्छन् जसले गर्दा उनीहरुको काम प्रभावकारी हुन सकेको छैन ।’
(थोक) होलसेल सहकारी स्थापनको सम्भाव्यताका विषयमा उद्यम तथा सहकारी विकास मन्त्री टान स्रि नोह ओमार, मलेसियाली सहकारी आयोग (एसकेएम) लगायतका सरोकारवालाहरुसँग थप छलफल गरिने पनि प्रष्ट पारे ।
मलेसियामा सुपथ मुल्यमा दैनिक उपभोग्य सामाग्री उपलब्ध हुने करिब १५ सय सहकारी छन् । प्रधानमन्त्री याकोबले मल तथा बीउबीजनको बढ्दो मुल्यलाई ध्यानमा राखी कृषकहरुलाई अनुदान सहुलियत प्रदान गर्ने सरकारी योजना पनि सुनाए ।
Leave a comment