काठमाडौँ । ३३ औं विश्व सहकारी सम्मेलन दक्षिण कोरियाली राजधानी सोलमा आजबाट सुरु भएको छ । ३ दिनसम्म चल्ने सम्मेलनको आयोजना अतर्राष्ट्रिय सहकारी महासंघले गरेको हो । सम्मेलनमा विश्व सहकारी अभियन्ताहरुसँगै अभियानका रणनीतिक साझेदारहरुको पनि सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले समुदायमा सामाजिक उत्तरदायित्वको भावना प्रवर्धन गर्न सहकारीहरुको महत्वपूर्ण भूमिका हुने भन्दै प्रशंसा गरे ।
यस वर्षको विश्व सहकारी सम्मेलनले सहकारी परिचयलाई प्रगाढता प्रदान गर्ने दिशामा छलफल गर्ने कार्यक्रम तय गरेको छ । सहकारी प्रारुपलाई यसका मुलभूतः मुल्य, मान्यता र सिद्धान्तसँग अन्तर्घुलन गराउँदै गतिलो विकल्पका रुपमा परिचित गराउने उद्देश्यले नै यो पटकको सम्मेलनको नारा सहकारी परिचयलाई प्रगाढता प्रदान गर्ने राखिएको आइसीएले जनाएको छ ।
पहिलो दिनको अन्त्यमा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशक गाइ राइडरले कोभिड महामारीले सहकारीको भूमिकालाई थप महत्वपूर्ण बनाएको बताए ।
Leave a comment