पूननिर्माण अभियानको महत्वपूर्ण शब्द नै दिगो विकास भएको भन्दै आइसीएले प्रतिवेदनमा विश्वका ३ सय ठूला सहकारीहरुले कसरी दिगो विकासको लक्ष्य हासिल गर्ने काममा भूमिका निर्वाह गर्छन् भनेर विश्लेषण गरेको छ ।
वल्र्ड कोअपरेटिभ मनिटर २०२१
काठमाण्डौँ । विश्वका ३ सय ठूला सहकारीहरुले २ हजार १८० दशमलव ०१ विलियन अमेरिकी डलर बराबरको वार्षिक कारोबार गर्न सफल भएका छन् ।
अधिकांश ठूला सहकारीहरुले बिमा (१०२) र कृषि तथा खाद्य क्षेत्र (९८) मा बढी कारोबार गरेका छन् । थोक तथा खुद्रा व्यापार (५५) को क्षेत्रमा पनि विश्वभरका सहकारीहरुले प्रभावशाली उपस्थिति जनाएका छन् ।
त्यस्तै,कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा कृषि तथा खाद्य (९५) र बिमा (९४) क्षेत्रमा लगभग समान संख्यामा ठूला सहकारीहरुले योगदान गरेका छन् ।
तेस्रो नम्बरमा थोक तथा खुद्रा व्यापारको क्षेत्रमा ५३ वटा सहकारीहरुको योदान छ । त्यसैगरी, शिक्षा, स्वास्थ्य र सामाजिक कार्यको क्षेत्रमा विश्वका १० वटा ठूला सहकारीहरुले कुल ग्राहस्थ उत्पादनको आधारमा प्रति व्यक्ति आयको कारोबार अनुपातमा भूमिका खेलेका छन् ।
सबैभन्दा बढी वार्षिक कारोबार गर्ने १० ठूला सहकारीहरुको सूचीमा ११४ दशमलव ५५ विलियन अमेरिकी डलरसहित फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल पहिलो नम्बरमा छ ।
विश्व सहकारीको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले ३३ औं विश्व सहकारी सम्मेलनको पूर्वसन्ध्यामा नोभेम्बर ३०मा जारी गरेको विश्वका ३ सय ठूला सहकारीहरुको सूची मा ‘वल्ड कोअपरेटिभ मनिटर २०२१’ ले सहकारी अर्थतन्त्रको आयतन बढ्दै गएको जनाएको हो ।
‘वल्ड कोअपरेटिभ मनिटर’ को यसअघिको नवौं संस्करणमा विश्वका ३ सय ठूला सहकारीहरुले २ दशमलव १ ट्रिलयन अमेरिकी डलरको कारोबार गरेको तथ्याङ्क उल्लेख गरिएको थियो ।
बार्षिक कारोबारमा युरोपका सहकारीहरु (१५९) ले सबैभन्दा ठूलो हिस्सा ओगटेका छन् भने उत्तर र दक्षिण अमेरिकी मुलुकहरु (९५) दोस्रोमा पर्दछन् । एशिया प्रशान्त क्षेत्रका ४६ वटा सहकारीहरु विश्वका ३ सय ठूला सहकारीहरुमा पर्न सफल भएका छन् ।
कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा पनि युरोपेली मुलुकका सहकारीहरुनै अग्रस्थानमा परेका छन् ।
युरोपका १६५ सहकारीहरु विश्वका ३ सय ठूला सहकारीको सूचीमा अटाउँदा उत्तर र दक्षिण अमेरिकाका ७७, एसिया प्रशान्तका ५७ र अफ्रिकाको एउटा सहकारीको योगदान रहेको प्रतिवदेनमा उल्लेख छ ।
सबैभन्दा बढी वार्षिक कारोबार गर्ने १० ठूला सहकारीहरुको सूचीमा ११४ दशमलव ५५ विलियन अमेरिकी डलरसहित फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल पहिलो नम्बरमा छ ।
उक्त उपभोक्ता सहकारीले मुख्यतया वित्तीय कारोबार गर्दछ । उक्त सहकारी अन्तर्गत १ लाख ४२ हजार ६७५ कर्मचारी कार्यरत छन्। दोस्रोमा पनि फ्रान्सको बीपीसीइ सहकारी रहेको छ भने ठूला १० मा सबैभन्दा बढी ४ वटा फ्रान्सेली सहकारीहरु रहेका छन् । त्यस्तै, जर्मनीका ३, जापानका २ र अमेरिकाको एउटा सहकारीमात्र टप टेनमा पर्न सफल भएका छन् ।
प्रतिवेदन तयारीका लागि विश्वका ठूला सहकारीहरुसँग २९ वटा श्रृङ्खलाबद्ध अन्तर्वार्ताहरु गरिएको जनाइएको छ । प्रतिवेदनका आधारमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची, कोभिड १९ र दिगो विकास लक्ष्यसम्बन्धी छुट्टाछुट्टै अध्यायहरु र १० वर्षको निचोडहरुलाई पनि समावेश गरिएको छ ।
कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातका आधारमा तयार गरिएको १० ठूला सहकारीहरुको सूचीको पहिलो स्थानमा कृषि मल कारोबार गर्ने भारतीय बहुराष्ट्रिय सहकारी इफ्को रहेको छ भने दोस्रो नम्बरमा दुध र दुधजन्य कारोबार गर्ने अर्को बहुराष्ट्रिय भारतीय सहकारी अमुल रहेको छ ।
इफ्कोमा ४ हजार ६२३ कर्मचारी कार्यरत छन् भने कुल ग्राहस्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपात ३९ लाख ५ हजार २३१ दशमलव ५७ रहेको छ । उक्त सूचीमा फ्रान्स, ब्राजिल, जापान, जर्मनी र कोरियाका सहकारीहरु परेका छन् ।
गत वर्ष झैं यो पटक पनि दुई वटा आधारमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची प्रकाशन गरिएको हो । वार्षिक कारोबारलाई पहिलो आधार मानिएको छ भने कुल ग्राहस्र्थ उत्पादनमा प्रति व्यक्ति आयको कारोबार अनुपातलाई दोस्रो आधार मानिएको छ ।
आइसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपेली अनुसन्धान संस्था (Euricse) को प्राविधिक तथा साझेदार संघ संस्थाहरुको आर्थिक सहयोगमा प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदन तयारीका लागि विश्वका ठूला सहकारीहरुसँग २९ वटा श्रृङ्खलाबद्ध अन्तर्वार्ताहरु गरिएको जनाइएको छ । प्रतिवेदनका आधारमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची, कोभिड १९ र दिगो विकास लक्ष्यसम्बन्धी छुट्टाछुट्टै अध्यायहरु र १० वर्षको निचोडहरुलाई पनि समावेश गरिएको छ ।
कोभिडका कारण गत वर्षको प्रतिवेदन भने विश्वका २ सय सहकारीकर्मीहरुको जुम उपस्थितिमार्फत अभौतिक सार्वजनिक गरिएको थियो ।
आर्थिक वर्ष सन् २०१९ लाई आधार मानेर यो प्रतिवदेन सार्वजनिक गरिएको हो । गत वर्ष सन् २०१८ को वित्तीय र गैरवित्तीय तथ्याङ्कलाई आधार मानेर प्रतिवेदन प्रकाशन गरिएको थियो । पहिलो प्रतिवेदन ७२ पृष्ठको प्रकाशन गरिएको थियो ।
आइसीएले पहिलो अन्तर्राष्ट्रिय सहकारी वर्ष सन् २०१२ देखि ‘वल्ड कोअपरेटिभ मनिटर’ नाम दिएर विश्व सहकारी अभियानको गुणात्मक र मात्रात्मक अवस्था चित्रित गर्ने प्रतिवेदन सार्वजनिक गर्ने प्रथा सुरु गरेको हो ।
‘वल्ड कोअपरेटिभ मनिटर’ को ९५ पृष्ठ लामो १० औं वार्षिक प्रकाशनलाई पनि ‘सहकारी अर्थतन्त्रको अन्वेशषण’ उपशीर्षक दिइएको छ ।
यसअर्थ पछिल्लो प्रकाशनसँगै विश्व सहकारी अर्थतन्त्रले खासगरी सामाजिक तथा आर्थिक क्षेत्रमा पुर्याएको योगदानलाई केन्द्रमा राखेर गहनतम अन्वेषण थालनी गरेको एक दशक पूरा भएको छ ।
आर्थिक वर्ष सन् २०१९ लाई आधार मानेर यो प्रतिवदेन सार्वजनिक गरिएको हो । गत वर्ष सन् २०१८ को वित्तीय र गैरवित्तीय तथ्याङ्कलाई आधार मानेर प्रतिवेदन प्रकाशन गरिएको थियो । पहिलो प्रतिवेदन ७२ पृष्ठको प्रकाशन गरिएको थियो ।
प्रतिवेदनको पहिलो दुई अध्यायमा सहकारीहरुले कोभिड १९ महामारी विरुद्ध सामना शक्ति विकास गरी कसरी बलियो समाज पुनर्निमाणमार्फत दिगो विकासको लक्ष्य हासिल गर्न भूमिका खेल्दछन् भन्ने विषयमा जोड दिइएको छ ।
पूननिर्माण अभियानको महत्वपूर्ण शब्द नै दिगो विकास भएको भन्दै आइसीएले प्रतिवेदनमा विश्वका ३ सय ठूला सहकारीहरुले कसरी दिगो विकासको लक्ष्य हासिल गर्ने काममा भूमिका निर्वाह गर्छन् भनेर विश्लेषण गरेको छ ।
Leave a comment