हाइलाइट

आइसीए एपीको इतिहासमा पहिलो पटक भारतीय अध्यक्ष

आइसीए एपीको इतिहासमा पहिलो पटक भारतीय अध्यक्ष :: Sahakari Akhabar

सहकारी क्षेत्रमा योगदान गरे पनि डा. यादव राजनीतिज्ञका रुपमा बढी सक्रिय छन् ।  उनी भारतको माथिल्लो सदन राज्य सभा सदस्य (सांसद) हुन् ।

काठमाण्डौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को एशिया प्रशान्त क्षेत्रीय बोर्डको अध्यक्षमा पहिलो पटक भारत निर्वाचित भएको छ ।

३३ औं विश्व सहकारी सम्मेलनको पूर्वसन्ध्यामा दक्षिण कोरियाली राजधानी सोलमा नोभेम्बर ३० अर्थात् आज आइसीए एपीअध्यक्ष पदका लागि भएको निर्वाचनमा भारतका डा.चन्द्रपाल सिंह यादव विजयी भएका हुन् ।

उनले जापानकी चितोसे आराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । डा. यादवले १ सय ८५ मत प्राप्त गरेका थिए भने आराईले जम्मा ८३ मत प्राप्त गरिन् ।

सहकारी क्षेत्रमा योगदान गरे पनि डा. यादव राजनीतिज्ञका रुपमा बढी सक्रिय छन् ।  उनी भारतको माथिल्लो सदन राज्य सभा सदस्य (सांसद) हुन् ।

आइसीए एपीका निवर्तमान अध्यक्ष नेपाल र भारत दुवैको छिमेकी मुलक चीनका ली चुनसेन थिए । आइसीए एपीको सञ्चालक सदस्यमा नेपालको तर्फबाट यो पटक पनि प्रतिनिधित्व भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल आइसीए एपीको सञ्चालक सदस्य चुनिएका छन् । यसअघि महासंघका निवर्तमान अध्यक्ष केशबप्रसाद बडाल आइसीए एपीको सञ्चालक थिए

उनी भारतको कृषक भारती सहकारी लिमिटेड (कृभको) का अध्यक्ष हुन् । यसअघि यादव आइसीए एपीका उपाध्यक्ष थिए । आइसीए एपी अन्तर्गत एसिया प्रशान्त क्षेत्रका ३१ देशका प्रतिनिधिहरु आजको मतदानमा सहभागी भएका थिए ।

निर्वाचनमा विजय प्राप्त गरेसँगै डा. यादव आइसीए ग्लोबल बोर्डको पनि पदेन उपाध्यक्ष बनेका छन् । आइसीए विधान अनुसार ४ वटै क्षेत्रीय अध्यक्षहरु ग्लोबल बोर्डको पदेन उपाध्यक्ष हुने व्यवस्था छ ।

आइसीएले एशिया प्रशान्त क्षेत्रका मुलुकहरुको सहकारी विकास र प्रवर्धनका लागि सन् १९६० मा क्षेत्रीय कार्यालयका रुपमा आइसीए एपी स्थापना गरेको थियो ।

आइसीए एपीका निवर्तमान अध्यक्ष नेपाल र भारत दुवैको छिमेकी मुलक चीनका ली चुनसेन थिए । आइसीए एपीको सञ्चालक सदस्यमा नेपालको तर्फबाट यो पटक पनि प्रतिनिधित्व भएको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल आइसीए एपीको सञ्चालक सदस्य चुनिएका छन् । यसअघि महासंघका निवर्तमान अध्यक्ष केशबप्रसाद बडाल आइसीए एपीको सञ्चालक थिए ।



Leave a comment