- खिला दाहाल
योगदान भन्ने वित्तिकै सहकारी स्थापनामा बिताएका पुराना ती दिनको याद गर्न थाल्नु भयो भने तपाइका सपना सुत्दाखेरि देखिने तर कहिल्यौ पुरा नहुने सपना हुन जान्छ । यहाँ पैशामा जोखिने योगदान बाहेको योगदानको कदरको कुरा हुन्छ भन्नेमा मख्ख नपरेकै बेस ।
कतै तपाई गोल्ड मेडलिष्ट बन्ने अवसरबाट चुक्नु त भएको छैन ! सम्मान पाउनबाट बञ्चित हुनु भएको त छैन ? कतै तपाइको सुबिधा त खोसिएन ? होसियार हुनुस् है, अनि सजग पनि रहनु होला ।
तपाइलाई सम्मान गर्न तयार पारिएको कदर पत्रमा अर्कैको नाम छापिएला । सजग रहनु भएन भने तपाइको मुखैमा आएको अवसरहरु फुत्किनेछन् ।
तपाइको काखैमा आएको अवसर, सुबिधा, सम्मान, कदर र प्रोत्साहनको प्रायोजकले समयावधी तोकेको हुनाले तपाइलाई सतर्क गरायँ है ! सहकारीका समसामयिक मुद्दाहरुको समाधानार्थ ‘कोष’ स्थापना गरेकोछ अरे ।
कोष स्थापना नभएकोले ओरेण्टल, सिभिल जस्ता सहकारीका समस्यामाथि बहस नभएको हुनसक्छ । त्यसैले त्यस्ता समस्या समाधानार्थ कोषमा तपाइको योगदान महत्वपूर्ण छ ।
सरकार र सरोकारवाला संग सम्वाद र समन्वयकालागि कोषमा तपाइको योगदान अपुरणिय हुने छ । गर्नु भयो त योगदान ? कतै तपाइले कोषमा योगदान नगरेको हुनाले सहकारीका समस्या माथि बहस र पैरवी नभएको हो भने तपाइपनि सहकारीमा समस्या न्युनिकरण नहुनुमा भागेदार हुनुहुन्छ है ।
रेसमा तपाइले बाजी मार्ने कसरत गर्नु भयो भने तपाई पक्कै गोल्डमेडलिष्ट, नत्र सान्त्वना पनि कुन्नी । तपाइले पाउने सुबिधामा पनि तपाइको योगदानको पाना पल्टाइने छ अनि सम्मान र कदरको पनि मुल्याङ्क गर्ने बिधि भनेकै तपाइले जम्मा गरेको पैशाको राशी हेरिनेछ
योगदान गर्नु भयो भने तपाई सम्मानित पनि हुन सक्नु हुनेछ । रजत, सिल्भर र गोल्ड मेडलको अफर छ, मिस नगर्नु होला । कतै तपाइले गोल्ड मेडल नै पो पाइहाल्नु हुन्छ की ! कतै तपाइ गोल्ड मेडलिस्ट नै पो घोषित भइहाल्नुहुन्छ की ! त्यसैले जति सक्दो योगदानको रेसमा दौडन तयार हुनुहोला ।
यो अफर राष्ट्रिय सहकारी महासंघ नामक कम्पनीले केही दिन अघि एउटा राष्ट्रिय दैनिक पत्रिकामार्फत सार्वजनिक गरेको थियो । अफरमा योगदानको आधारमा सम्मान गरिने ब्यहोरा छ ।
योगदान भन्ने वित्तिकै सहकारी स्थापनामा बिताएका पुराना ती दिनको याद गर्न थाल्नु भयो भने तपाइका सपना सुत्दाखेरि देखिने तर कहिल्यौ पुरा नहुने सपना हुन जान्छ ।
यहाँ पैशामा जोखिने योगदान बाहेकको योगदानको कदरको कुरा हुन्छ भन्नेमा मख्ख नपरेकै बेस । त्यसैले पैशा जम्मा गर्ने बैंक खाता नम्बर सहित धेरै भन्दा धेरै रकम जम्मा गर्ने ठेगाना राखिएकोछ । यो रेसमा तपाइले बाजी मार्ने कसरत गर्नु भयो भने तपाई पक्कै गोल्डमेडलिष्ट, नत्र सान्त्वना पनि कुन्नी ।
तपाइले पाउने सुबिधामा पनि तपाइको योगदानको पाना पल्टाइने छ अनि सम्मान र कदरको पनि मुल्याङ्क गर्ने बिधि भनेकै तपाइले जम्मा गरेको पैशाको राशी हेरिनेछ । महासंघ कम्पनीले विगतमा नै सहकारीका समस्या समाधानको रामबाँण भनिएको ‘कोष’ स्थापना गरिसकेको थियो अरे ।
तपाइलाई हेक्का थियो की थिएन ? सायद थिएन होला ! तपाइले थाहा पाएर पनि नपाएको झै पक्कै गर्नु भएन होला । थाहा पाएको भए गोल्डमेडलिष्ट हुने अवसर पक्कै थिएन होला ? जे होस् अहिले अफर राखेरै भएपनि तपाइको सकृय सहभागिताको आशा गरिएको छ । सहकारीलाइ कम्पनी किन भनिएको भन्नु होला ।
किनकी यस्ता सम्मान, प्रोत्साहन जस्ता काम अफर, लोभ लालच र आश्वासन दिएर सहकारीले गर्ने काम हैनन् र गर्न पनि मिल्दैन । त्यसैले सहकारी हुन नसकेको सहकारी महासंघको काम कम्पनीको जस्तो भएकोले सवैले उक्त कम्पनीको अफरलाई मनन् गर्नु हुनेछ।
राज्यले दिएको सहयोग डाँडा चढ्दै होटल चाहर्दै सकेपछि बिचरा अरु विपल्प पनि त छैननी । विज्ञापनमा तपाइले जम्मा गरेको पैशा नमासिने र लगानी गरी प्रतिफल पनि दिने निधो गरेको छ है ।
कोषमा जम्मा भएको रकमको आकारको आधारमा सहकारीमा देखिएका समस्याको पहिचान हुने रहेछ । समसामायिक मुद्दा, बहस पैरवी, राज्यसंग लविङ्क, प्रवद्र्धनात्मक क्रियाकलाप कोष बलियो भएपछि मात्र सुरु हुने रहेछ ।
त्यसैले चाँडो भन्दा चाँडो कोष बलियो बनाउन लाग्नु सहकारीकर्मीको दायित्व हो । राज्यसंग लविङ्क गर्नुपर्ने संघ प्रारम्भिक संस्थालाई लालच देखाएर पैशा संकलन गर्न लागेको छ ।
राज्यले दिएको सहयोग डाँडा चढ्दै होटल चाहर्दै सकेपछि बिचरा अरु विपल्प पनि त छैननी । विज्ञापनमा तपाइले जम्मा गरेको पैशा नमासिने र लगानी गरी प्रतिफल पनि दिने निधो गरेको छ है ।
त्यसैले तपाई सम्मानित हुने की ! पुरस्कृत हुने की ! अन्य सेवा सुबिधा के प्राप्त गर्ने त्यो तपाइको हातमा छ । गोल्डमेडलिष्ट बन्ने की ! रजत वा काश्यमा चित्त बुझाउने ?
ताम्रपत्रमा की स्वर्णपत्रको कदरपत्रमा नाम छपाउने ? कि सहकारी महासंघले दिने सेवा सुबिधाबाट बञ्चित रहने ? तपाइको च्वाइस । तपाइको योगदानमा भर पर्ने कुरा रह्यो । बेलैमा सोचौं, मेडल तपाइको हातमा । कि कसो !
Leave a comment