राष्ट्र संघीय महासभामा ‘सहकारीको सामाजिक भूमिका’ सम्बन्धी प्रतिवेदन पेश

राष्ट्र संघीय महासभामा ‘सहकारीको सामाजिक भूमिका’ सम्बन्धी प्रतिवेदन पेश :: Sahakari Akhabar

एजेन्सी । संयुक्त राष्ट्र संघको ७६ औं महासभामा ‘सहकारीको सामाजिक भूमिका’ सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले महासभामा प्रतिवेदन प्रस्तुत गरेका हुन् । 

प्रतिवेदनमा सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड महामारी यता हालसम्म विश्व सहकारी अभियानले खेलेको भूमिका बारे प्राथमिक चर्चा गरिएको छ । आशाका माध्यमबाट सामना शक्ति विकास गर्ने विषयमा विश्व नेताहरुबीच साझा अन्तर्राष्ट्रिय मञ्चमा छलफल भएको थियो ।

पोष्ट कोभिड विश्वमा जन अपेक्षालाई वास्तविकतामा परिणत गरी व्यवस्थित आर्थिक तथा सामाजिक परिवर्तन प्रवर्धनका लागि नीतिगत सुधारहरु आवश्यक रहेको र यसका लागि सहकारीको केन्द्रीय भूमिका हुने कुरालाई महासचिव गुटेरसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रजातान्त्रिक नियन्त्रण, समतामूलक विकास र सशक्तिकरणमा संरचनागत चरित्रका कारण सहकारीहरु सामना शक्ति विकासका सहयोगी बन्नसक्ने धारणा प्रतिवेदनमा छ ।सहकारीमार्फत उनीहरुले काम गर्ने समुदायमा अनुभूतयोग्य प्रभाव पार्न सकिनेमा विश्व नेताहरुलाई विश्वस्त पार्ने प्रयास राष्ट्र संघले गरेको हो ।

संकटका समयमा सहकारी प्रयासहरु सफल साबित भएको भन्दै यसको परिचय र बोधलाई थप महत्व प्रतिवेदनले दिएको छ । महासचिव गुटेरसले सबै मुुलुकहरुले कानुनी र नीतिगत सहजताका माध्यमबाट सहकारी प्रारुपको व्यवसाय प्रवर्धनमा जोड दिएका छन् ।

आइसीएद्वारा स्वागत

यसैबीच, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले उक्त प्रतिवेदनको स्वागत गरेको छ ।

खासगरी सहकारीको स्वपरिचय, व्यसाय विविधिकरण, दिगो विकासमा केन्द्रीय भूमिका लगायतका विषयमा प्रतिवेदनमा उल्लिखित धारणाहरुले कानुनी तथा नीतिगत व्यवस्थाको बलमा सहकारी परिचय प्रखर बनाउनुपर्ने कुरा उजागर गरेको भन्दै आइसीएले प्रशंसा गरेको हो ।

यसैगरी महासचिवको प्रतिवेदनले स्वास्थ्य सहकारी र वित्तीय पहुँच नपुगेका समुदायलाई सहयोग गर्दै आएका विषयगत सहकारीहरुको कामलाई प्रशंसनीय भनेको छ ।

उक्त प्रतिवेदनले सहकारी तथ्याङ्कलाई बलियो बनाउनुपर्ने आवश्यकता समेत औंल्याएको छ ।

त्यसका लागि सहकारी प्रवर्धन तथा विकास समिति (कोप्याक) को सहयोगमा तयार पारिएको सहकारी तथ्याङ्कसम्बन्धी निर्देशिकालाई आधार मान्नुपर्ने जनाइएको छ ।

तिवेदनले आइसीए र युरोपेली संगठन (इयू) साझेदारी कार्यक्रम (२०१६–२०२१) को परिधिभित्र रहेर तयार पारिएको ‘लिगल फ्रेमवर्क अनालिसिल’का मुख्य निष्कर्षहरुलाई पनि समावेश गरेको भन्दै आइसीएले स्वागत गरेको छ । विश्वभरका १ सय ९३ सदस्य राष्ट्र रहेको संयुक्त राष्ट्र संघको ७६ औं महासभा सेप्टेम्बर २१ मा सुरु भई सेप्टेम्बर २७ मा सम्पन्न भएको थियो ।





Leave a comment