सहकारीको १ लाख ऋण अन्जुका लागि बरदान

सहकारीको १ लाख ऋण अन्जुका लागि बरदान :: Sahakari Akhabar

चीना थापा, विराटनगर । राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाकी शेयर सदस्य अन्जु राई बस्नेतले सिलाईकटाई तथा झोला बनाउने काम सुरु गरेको लामो समय भयो ।

२५ बर्षलेखि सिलाईकटाईको काम गर्दै आएको भएपनि आज भन्दा १९ बर्ष अगाडी सहकारीबाट १ लाख ऋण लिएर उनले व्यवसायिक रुपमा आफ्नो पेशालाई अगाडि बढाएकी हुन ।

मोरङ बुढीगंगा गाउँपालिकाको गंगाचोकमा १ लाख लगानीमा सुरु भएको व्यवसायिक सिलाईकटाई व्यवसायलाई अझै अगाडि बढाउन उनले विगत ८ बर्षदेखि झोला बनाउने काम पनि गर्दै आएकी छिन् । 

आकर्षक हाते झोला उत्पादन गर्दै आएकी उनले अहिले झोला विक्रीको लागि आरके महल हाटखोलामा पनि राखेकी छन् । उनले उत्पादन गरेका झोला आकर्षक देखिने भएकाले विक्रीको लागि विराटनगरको सेन्ट्रलमहलमा पनि राख्नको लागि अफर आएको छ। उनी त्यहा पनि राख्ने सोचमा छिन् । 

‘बैंकमा ऋण लिन जाँदा भनसुन गर्नुपर्छ, समय लगाईदिन्छ’, उनले भनिन्, ‘तर सहकारीमा भन्ने वित्तिकै पाईन्छ, सहकारीले आर्थिक रुपमा विपन्न महिलाहरुलाई धेरै सहयोग गरेको छ । अहिले हाम्रो दुःख सुःखको साथि नै सहकारी भएको छ ।’

उनको व्यवसायमा अहिले १० लाख लगानी पुगिसकेको छ । अनलाईनबाट पनि धेरैले मन पराएर अडर गर्ने गरेको उनले सुनाईन । फेसबुकमा झोलाको फोटा राख्दा पनि कत्तिले मन पराएर अडर गर्ने गरेको र आफुले डेलिभरि गर्दिने गरेको उनले बताईन । 

सस्तो र आकर्षण पनि देखिने भएकाले उनले उत्पादन गरेका झोलाको माग  धेरै छ । झट्ट हेर्दा ढाकाको जस्तो देखिने ब्यागहरु बजार जाँदा, कतै घुम्न जाँदा महिलाहरुले बढी बोक्ने गर्दछन् ।

अन्य कपडाहरु सिलाउँदा बाकी रहेको कपडाको उनी ब्याग बनाउछिन् । २५ प्रतिशत लगानी गर्दा ७५ प्रतिशत आम्दानी हुने गरेको उनको भनाई छ । मेहनत भने धेरे पर्ने उनले बताईन । 

सहकारीको साधारण सभामा बेच्न राख्दा पनि धेरै विक्री भएको थियो उनले सुनाईन । सहकारीले महिलाहरुलाई निकै सहयोग गरेको उनको भनाई छ । सहकारी नभएको भए आफुले व्यवसाय गर्न नसक्ने उनको भनाई छ । 

‘बैंकमा ऋण लिन जाँदा भनसुन गर्नुपर्छ, समय लगाईदिन्छ’, उनले भनिन्, ‘तर सहकारीमा भन्ने वित्तिकै पाईन्छ, सहकारीले आर्थिक रुपमा विपन्न महिलाहरुलाई धेरै सहयोग गरेको छ । अहिले हाम्रो दुःख सुःखको साथि नै सहकारी भएको छ ।’

‘सहकारीले बचत गर्न मात्र सिकाएको छैन्,क्षमता विकास पनि गराएको छ, सहकारीमा आवद्ध धेरै महिलाहरु जनप्रतिनिधि पनि भएका छन्’, उनले भनिन् ।

राजसति महिला बशुउदेश्यीय सहकारी महिलाहरुको लागि दुःख सुःखको साथि भएको उनले बताईन । आफुमात्र नभएर त्यसक्षेत्रका धेरै महिलाहरु सहकारी मार्फत आत्मनिर्भर भएको उनको भनाई छ ।

आर्थिक रुपमा महिलाहरुलाई सक्षम बनाउन सहकारीले काम गरिरहेको बस्नेतले बताईन । आफ्नो व्यवसाय अझै ठूलो बनाउने उनको सोच छ । व्यवसाय बढाएर महिलाहरुलाई रोजगारी दिने उनले जानकारी दिईन





Leave a comment