बचत तथा ऋण सहकारी संस्कृति

बचत तथा ऋण सहकारी संस्कृति :: Sahakari Akhabar

चत तथा ऋण सहकारी संघरसंस्थाका अगुवाहरु, असल अभ्यासकर्ताहरु र उच्च व्यवस्थापनले धेरै प्रयोग गरिने शब्द हो साकोस कल्चर  (क्रेडिट यूनियन कल्चर ) । के हो त साकोस कल्चर, यसको परभिाषा रु किन साकोस कल्चरलाई सबै भन्दा उत्तम संस्कृतिको रुपमा लिईन्छ ।

साकोस कल्चर भित्र के पर्दछ रु आधिकारीक परिभाषा मलाई पनि थाहा छैन तर साकोस अभियानमा समुदाय स्तरमा एउटा बिदेसी निकायमा सहकारी सहायक बाट कामको जिम्मेवारी लिएर नेफ्स्कूनको उच्च व्यवस्थापनमा समेत लामो अवधि रहेर कार्य गर्दाको करिव ३ दशकको अनुभवमा साकोस कल्चर प्रतिको मेरो नितान्त व्यक्तिगत बुझाई यो लेख मार्फत पस्किन खोजेको छु ।

यस लेखमा साकोस शब्द भित्र साकोसका साथै जिल्ला बचत तथा ऋण सहकारी संघ लि, प्रदेश बचत तथा ऋण सहकारी संघ लि र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। ९नेफ्स्कून० समेतलाई र समिति भन्नाले लेखा सुपरीवेक्षण समितिलाई समेत बुझिदिनुहुन निवेदन गर्दछु ।

साकोस कल्चर भन्न साथ एक व्यक्तिले अर्को व्यक्तिलाई गर्ने व्यवहारमा उत्कृष्टता, एकले अर्कोलाई दिने ईज्जत र सम्मानका साथ गर्ने व्यवहारमा नयाँपन महसुस, एकले अर्कोलाई देख्दा हुने आनन्दमयी खुशिको क्षण, व्यक्तिमा आर्थिक, नैतिक र चारित्रिक ईमान्दारीता, पूर्ण जिम्मेवारीता, बफादारिता र कर्तव्य बोधको पालना साथै बोल्ने तौर र तरिका, बुझाईमा गहनता, व्यक्तिको प्रस्तुती, हेराई, तथा सोचाई ।

साथै कार्यालय भित्रका चुस्त, दुरुस्त, कर्मचारीहरुको राम्रो व्यवस्थापन, हरेक रेकर्डहरु र नयाँ तथा पुराना कागजातहरुको सहि व्यवस्थापन, गुणस्तर कायमलगायत सबै विषयहरुको अब्बल समिश्रण रहेको हुन्छ । साकोस कल्चरलाई कसरी हेर्ने र अनुशरण गर्ने भन्ने पनि महत्वपूर्ण रहेको  हुँदा साकोस कल्चरलाई तपशिल बमोजिमका केही विषयहरु भित्र समावेश गर्न खोजेको छु ।

कर्मचारी, कर्मचारी वीचमा रहेको साकोस कल्चर

एक कर्मचारीले आफ्नो कार्यालयको अर्को कर्मचारीलाई पदीय जिम्मेवारी, कार्यअनुभव र उमेरको जेष्ठता अनुसार गर्ने सम्मानलाई लिन सकिन्छ, आफूभन्दा  सिनियर कर्मचारी सँग बोल्दा व्यवहार गर्दा, कुनै विषयमा जानकारी गराँऊदा अत्यन्तै ख्याल राख्नु पर्दछ ।

सिनियर कर्मचारीको अगाडी रिसाएर , आवेश देखाएर, धाक एवं धक्कु लगाएर, झोकिएर, घुर्कि लगाएर, ठूलो कुरा गर्न खोजिएको देखियो र सिनियर कर्मचारीहरुले पनि जुनिएर कर्मचारीहरुलाई हप्काऊने, धम्काऊने र अनावश्यक ट्रसर दिन खोजियो ।

एक आपासमा खुट्टा तान्ने र व्याक वाईटिङ भयो भने त्यो भित्र यो कल्चर मृत रुपमा देखिन्छ ।एक कर्मचारीले गरेको हरेक व्यवहारले अर्को कर्मचारी खुशि हुनुपर्दछ र कर्मचारी वीचमा भाईचारा जस्तो सम्वन्ध कायम हुनुपर्दछ ।

समितिहरु वीच रहेको साकोस कल्चर 

समितिहरु वीच एक आपासमा रहेको  सुसम्वन्ध साथै राम्रो समन्वय, सहकार्य अनि एकले अर्कोलाई पदिय जिम्मेवारी अनुसारको ईज्जत दिन सक्नु पर्दछ ।

एक आपासमा भगिनत्व जस्तो सम्वन्ध हुनै पर्दछ । एकले बोल्दा वा प्रस्तुत हुँदा अर्कोले त्यस विषयलाई अझ महत्वका साथ थप गर्दे जाने र समिति बिचको भावनात्मक सम्वन्ध पौष महिनामा घाम लागेको जस्तो भएकोे खण्डमा मात्र त्यो भित्र साकोस कल्चर रहेको अनुभुति हुन्छ ।

मुख्यतय साकोसका सञ्चालकहरु भोलियन्टरनै हुने हुँदा उहाँहरुले संस्था मार्फत कुनै लोभ, लालच देखाएको खण्डमा पनि साकोस कल्चर ओझेलमा पर्दछ ।

 साकोसको कार्यालय भित्र प्रवेश गर्दा देखिने साकोस कल्चर

जव कोहि व्यक्ति ठूलो ओहँदाको होस वा सानो ओहँदाको, सदस्य होस वा गैह्र सदस्य, सुकिला, मुकिला होस वा  सामन्य लवाई  ९झुते, झाम्रे ० को कार्यालय भित्र प्रवेश गर्न साथ उहाँलाई गेटमा रहेका शुरक्षा गार्ड देखि रीसेप्सनमा रहेका कर्मचारीहरुले र के कामको शिलशिलमा उहाँको प्रवेश भएको छ, सम्वन्धित बिभाग, शाखाका कर्मचारीबाट गरिएको व्यवहार अब्वल भएमा साकोस कल्चर भएको पाँऊदछौं ।

कर्मचारीहरु चुस्त, दुरुस्त साथै सफा सुग्घर र खुशि  देखिने अनि भवन अनुसार गरिएको कार्यालयको सजावाट, सदस्य वडापत्र, सूचना पाटीको व्यवस्थापन, सदस्य प्रवेश गर्दा र आगान्तुकहरु कार्यालयमा प्रवेश गर्दा कर्मचारीहरुको खुशियाली, मिठो बोलि, मुस्कान सहितको स्वागत एवं अभिवादन, राम्रो सद्भाव ।

जे कामको लागि प्रवेश भएको थियो उक्त कामलाई समयमै सम्वोधन गरेर सामान्य आतिथ्यता सत्कार सँगै बिदाई गरिदिँदा त्यो विषय सम्वन्धित आगान्तुकको सधै मानस पटलमा रहिरहन्छ । 

साकोसका सञ्चालक र कर्मचारी वीचको व्यवहारमा रहेको साकोस कल्चर

सबैले हेर्न खोजेको र संवेदनशिल विषय यो रहेको छ । भनिन्छ साकोसका कर्मचारी जान्ने हुन्छन भने, सञ्चालकहरु बुझ्ने हुन्छन । जान्ने र बुझ्नेको उत्तम समिश्रणनै यौटा साकोस भित्र देखिने हिरा टल्केको जस्तो सफेद् कल्चर हो ।

कर्मचारी जति पढे लेखेको होस, जति अनुभवि र जाने बुझेको किन नहोस तर सञ्चालक सामान्य पढाई भएका वा औठा छापे भएपनि कर्मचारीले उक्त सञ्चालकलाई दिने ईज्जतलाई साकोस कल्चर भनिन्छ । किनभने कर्मचारी भनेको नियुक्ति हो भने सञ्चालक भनेको निर्वाचित हो ।

विश्व अभ्यासमै नियुक्ति भएकाले निर्वाचित भएकालाई मान, सम्मान र ईज्जत दिनै पर्दछ । यदि सञ्चालक कर्मचारीको कार्य कक्षमा पस्दा उठेर नमस्कार गर्न सकिदैन, भेटहुँदा दूईहात जोडेर नमस्कार गर्न सकिदैन, सञ्चालकहरुलाई अवमुल्याङ्कन गरिन्छ, पदीय सञ्चालकहरु जो एक एकजना मात्र हुन्छन (अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, लेखा सुपरीवेक्षण समिति संयोजक) उहाँहरुलाई कर्मचारीले पद अनुसार सम्वोधन गर्न सक्दैनन भने त्यो भित्र साकोस कल्चर भन्ने नै हँदैन ।

सञ्चालक सँगै वा उहाँहरु सँगै बैठक कक्षमा बस्दा खुट्टा उपरखुट्टी लगाएर बस्ने बोल्दा ओभरटेक गर्ने, कपडा रफ्ली लगाऊने, जिस्कन थाल्ने अनि मोवाईल उठाएर गज्जवको पारा देखाऊन थाल्यो भने अव त्यो साकोस भित्र साकोस कल्चरले ओरालोबाटो अवलम्वन गर्न थाल्यो भन्ने जाने हुन्छ ।

शेयर सदस्यहरु, सञ्चालकहरु र कर्मचारी वीचमा रहेको साकोस कल्चर

शेयर सदस्यले समिति चयन गर्ने, सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्ने हो भने अन्य कर्मचारी प्रमुख कार्यकारी अधिकृतले छनौंट गर्ने परिपाटीको बिकास गर्ने नै साकोस कल्चर हो ।

तर बिडम्वना हाम्रो देशमा सञ्चालकहरुको चयन देख्दा शेयर सदस्यले गरेको जस्तो देखेपनि अधिकांश रुपमा राजनैतिक पाटिले गरेको छ । समितिले प्रमुख कार्यकारी अधिकृतको नियूक्ति गर्ने भने पनि त्यसको पारदर्शितामा केही कमि कमजोरी नै देखिन्छ ।

अन्य कर्मचारी प्रमुख कार्यकारी अधिकृतले नियुक्ति गर्ने भनेपनि कागजमा मात्र मिलाएको पाँऊछौं । अव यस किसिमको कार्यले निरन्तरता पायो भने राडार बिग्रेको जहाज अकाशमा उडेको जस्तो हुनेछ ।

साकोस कल्चर भन्ने कुरा एकादेशको ईतिहास बन्न सक्नेछ  । नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सहकारीको एक ज्यूदो ईतिहास श्रद्धेय कैलाशभक्त प्रधानाङ्गले केही वर्ष अघि भन्नुभएको थियो “नेपालको सहकारी धुन्धुकारीहरुको रोजगारी” भनेझै अहिले त्यो लक्ष्यणले बिस्तार बिस्तारै प्रवेश लिन खोजे जस्तो देखिन्छ ।

यस परिवेशमा सबै नै सचेत हुनुपर्ने आवश्यक देखिन्छ । पार्टिले केन्द्रीय निकायमा टिकट दिँदा त अलिकति भएपनि ख्याल, पहिचान गर्नुपर्ने हो, केही व्याक्तिको प्रवेश त दुनियाकै हाँसोपो हुन थाल्यो।

साकोसको कार्यक्रमहरुमा  देखिने साकोस कल्चर

धेरै व्यक्तिहरु साकोसका शेयर सदस्य देखि अतिथि एवं आमन्त्रितहरुले अनुभुत गर्ने साकोस कल्चर यही हो । कार्यक्रमको उचित व्यवस्थापन, कार्यक्रमस्थलको सजावट, समयको अत्यन्तै ख्याल र पहिचान, कार्यक्रमको राम्रो पूर्व तयारी ।

आतिथि लाई गरिने स्वागत, मायाको चिनो ९सामान्य उपहार० को व्यवस्थापन, सहभागिहरुको भावना अनुसारको कार्यक्रमको तय, खुशिको रौनक, सम्मानजनक सम्वोधन, बोली, व्यवहार, मर्यादाक्रमको उचित ख्याल आदि पर्दछन् ।

यदि यि विषयहरुलाई राम्रो सम्वोधन भएमा साकोस कल्चरले थप नम्वरं पाऊछ अन्यथा नम्वर घटदै जाने भयो । कति नम्वर पायो भनेर लेखेर राख्ने विषय होईन तर यो अन्तरमनदेखि दुनियाँले मूल्याङ्कन गर्ने विषय हो ।

अन्तमा यदि घर होस वा कार्यालय वा अन्य ठाँऊ बिशेष जहाँ साकोस कल्चर लाई अवलम्वन गरियो भने व्यक्ति आफूपनि सफल हुन्छ र जहाँजहाँ टेकिन्छ त्यो ठाँऊमा पनि सफल बनाएकै हुन्छन ।

हालैका दिनमा हेर्दा कहि साकोस कल्चरले मुर्तरुपम लिदैं गएको छ भने कै कतै खस्कदै गएको पनि पाँऊदछौ । आफू त्यो ठाँऊमा हुँदा वा पाँऊदा र पुग्न सकियो भने राम्रो अन्यथा नराम्रो भन्ने हामी सँग दरिद्रि मानसिकताको बिकास भयो भने पनि साकोस कल्चरले धर्ति छोडेको अनुभव हुन्छ ।

अव हामि सबै साकोसका सदस्यहरुले प्रतिवद्धता गरम की म साकोस कल्चरलाई पूर्णरुपमा परिपालना गर्दछु । जसले गर्दा हामिले हिडेको गन्तव्यमा सहज किसिमबाट पुग्न सकिन्छ  ।

मलाई मन छोएको घेरै उदाहरणहरु छन् तर यौटा दृश्यले मेरो मानस पटलमा घेरी रहेको छ । ईण्डोनेशियाको बालिमा १४ वर्ष अघि एशियाली ऋण महासंघ (आकू, को प्रि फोरममा प्रमुख कार्यकारी अधिकृतहरुको राष्ट्रिय गोष्ठीमा नेपालको तर्फबाट मेरो सहभागिता रहेको थियो ।

जव त्यो गोष्ठीमा आकू एवं कोरीयाली केन्द्रीय संघका अध्यक्षको छोटो अवधिका लागि प्रवेश भयो हामि सबैले उठेर नमन गर्यौं भने कोरीयाका सिईओ साहेवकोत आफ्नो अध्यक्ष पनि भएको काराणले उहाँले यसरीनै नमन गर्नु भयो कि सतर्क पोजिसन अनि नुघेर।

म दंग परे हेरेको हेरै भए, अनि मैले पनि नेपालमा पुगेपछि यस्तै अभ्यास गर्र्दछु भनेर मनमनै प्रतिवद्धता गरे र सिको गरेको हुँ, कति गर्नसके ।

राजनैतिक पार्टिको हस्तक्षेप हुने ठाँऊमा पार्टीका नेताहरुले पनि के बुझिदिन पर्र्यो भने  यसरी श्रद्धा गर्न सक्ने व्याक्तिलाई टिकट दिनु पर्र्यो ।

यति भन्दै जाँदा पार्टीले टिकट दिने अवस्था भनेको साकोस कल्चरलाई सिद्ध्याऊने मुख्य खेला पनि हो । करिव ३ दशक जिवन नै साकोसमा र साकोस कल्चरमा भिजेको हुँदा साकोस कल्चरले सदैव बिशेष स्थान पाओस भन्ने मेरो मान्यता हो ।




Leave a comment