हाइलाइट

किसान साकोसद्धारा २ लाख १ हजार १११ रुपैयाँ उद्धार कोषमा योगदान

किसान साकोसद्धारा २ लाख १ हजार १११ रुपैयाँ उद्धार कोषमा योगदान :: Sahakari Akhabar

काठमाडौं । नवलपरासीको (वसुपू) गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले २ लाख १ हजार १११ रुपैयाँ उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको छ।

संस्थाले, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारीहरू तथा संस्थाको संयुक्त योगदानमार्फत उक्त रकम सहयोग गरेको जनाएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिबाट मर्माहत भएको भन्दै राष्ट्रिय विपत्तिमा सहयोग गरेको हो ।

विपद्को कठिन घडीमा प्रभावित परिवारहरूको पीडामा साथ मानवीय तथा सामाजिक दायित्व हो भन्ने भावनाका साथ किसान साकोसले उक्त सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो ।

संस्थाले विपद्मा परेका नागरिकहरूको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायहरूबाट प्रभावकारी पहल हुने विश्वास लिएको छ ।

साथै, उक्त प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएकाहरुप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको सुरक्षित एवं सहज जीवनयापनको कामना किसान साकोसले गरेको छ ।

किसान साकोसले दुःखको समयमा जोसँग जे छ र सकिन्छ सोही अनुरुप सहयोग र सद्भाव र मानवीय सेवामा उदारतापूर्वक सहभागी भई सरकारसँग हातेमालो गर्न सबैसँग आग्रह पनि गरेको छ ।



Leave a comment