हाइलाइट

विपद कोषमा दर्पण साकोसको ५१ हजार रुपैंयाँ सहयोग

विपद कोषमा दर्पण साकोसको ५१ हजार रुपैंयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । ललितपुरको दर्पण बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले विपत्तिको समयमा पीडित परिवार तथा प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माण कार्यमा सहयोगका लागि संस्थाले सहयोग गरेको हो ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएकोमा नेपाल सरकारले उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सहयोगका लागि गरेको अपिल बमोजिम संस्थाले सहयोग गरेको हो ।

साथै उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धारको कामना गरेको छ । यस विपत्तिको समयमा पीडित परिवार तथा प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माण कार्यमा यस संस्थाको तर्फबाट सानो अंश योगदान पुग्ने अपेक्षा रहेको संस्थाका अध्यक्ष दिपक घिमिरेले जनाए ।



Leave a comment