हाइलाइट

किसान कल्याणद्धारा उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान

किसान कल्याणद्धारा उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान :: Sahakari Akhabar

काठमाडौं । सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले सहकारी सिद्धान्तलाई व्यावहारिक परिणति दिदैं प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा २ लाख ५ हजार रुपैयाँ योगदान गरेको छ ।

संस्थाको सञ्चालक समिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा संस्थाको तर्फबाट उक्त सहयोग गरेको हो । संस्था रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवं भौतिक क्षतिले स्तब्ध एवं मर्माहत भएको जनाएको छ ।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुनेहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



Leave a comment