काठमाडौं । बागबजार काठमाडौंमा रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएकोमा नेपाल सरकारले उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सहयोगका लागि गरेको आह्वान बमोजिम संस्थाले सहयोग गरेको हो ।
साथै उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धारको कामना गरेको छ । यस विपत्तिको समयमा पीडित परिवार तथा प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माण कार्यमा यस संस्थाको तर्फबाट सानो अंश योगदान पुग्ने अपेक्षा रहेको संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेले जनाए ।
Leave a comment