सदस्यको भरोसा बनेको छ आत्मनिर्भर सहकारी

सदस्यको भरोसा बनेको छ आत्मनिर्भर सहकारी :: Sahakari Akhabar

सिन्धुपाल्चोक । सदस्यलाई ऋण दिन मात्र हैन, बचत गर्ने बानीको विकास गर्न पनि सिकाएको छ, सिन्धुपाल्चोक जिल्लाको आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाले । चाहे बिदेशबाट आफन्तले पठाएको पैसा पाउने ठाँउ होस् वा ऋण लिएर आत्म निर्भर बन्न होस्, सदस्यको खनखाँचो टार्ने आधारनै आत्मनिर्भर सहकारी बनेको छ ।

२०५५ सालमा स्थापना भएको सहकारीले धेरै सदस्यलाई आत्मनिर्भर बनाएको छ । संस्थाले गर्जो टार्न मात्र सदस्यलाई ऋण नदिएर व्यवसायिक योजनामा ऋणमा फोकस गरेको संस्थाका अध्यक्ष नवराज सुवेदी बताउँछन् । ‘व्यवसायिक र उद्यमी बन्न चाहने सदस्यलाई ऋणमा कन्जुस्याई गरेका छैनौं’ उनले भने,‘तर पनि ७ लाख भन्दा बढी ऋण दिएका छैनौं ।

अध्यक्ष सुवेदीका अनुसार सदस्यले धेरैजसो ऋण कृषि तथा पशुपालन क्षेत्रमा लगेको बताउँछन् । ‘ऋण लिएर धेरै सदस्य आत्मनिर्भरका साथै उत्पादन समेत बिक्री गरिरहेका छन्’ उनले भने । सदस्यमा व्यवसायिकता सुरुवात भएसँगै उत्पादन पनि बढ्न थालेको छ । घुम्ती कोषमार्फत सदस्यको उत्थानका लागि सहकारीले ऋण प्रदान गर्छ ।

सहकारीले लघुवित्त मोडेलमा आफ्ना सदस्यलाई ऋण दिएर उद्यमी बनाउँदै आएको छ ।‘२३ वर्षको अवधिमा हेर्दा हामीले धेरै सदस्यको जीवनस्तर उकास्न सघाउ पु¥याएका छौं’ उनले भने,‘सिन्धुपाल्चोक कृषिको उर्वर भूमि भएकाले धेरै सदस्य कृषि कर्म गरेर जीवन बदल्न सफल भएका छन् ।

कृषिको व्यावसायिकता बढाउदै सदस्यको हित गरिरहेको संस्थाले जनाएको छ । संस्थाको विकासका लागि सुनकोशी गाउपालिकाले सहयोग गर्दै आएको अध्यक्ष सुवेदीले बताए । संस्थाका २ हजार ५ सय १८ सदस्य छन् ।

व्यवस्थापक बिपी प्याकुरेलका अनुसार केही सदस्य ऋण लिएर वैदेशिक रोजगारीमा गएका छन् । ‘सुरुमा वैदेशिक रोजगारीमा गएर फर्किए पछि कृषि कर्म गर्ने सदस्य पनि बढ्दै गएका छन्’ उनले भने ।द्धन्द्धकालमा बैंकहरु भाग्दा सहकारीले गाउँमा राम्रो सेवा दिएको व्यवस्थापक प्याकुरेल स्मरण गर्छन् ।

सुरुमा २८ जनाले एक हजार सेयर र एक हजार प्रवेश शुल्क तिरेर संस्था गठन भएको थियो । मासिक सय रुपैयाँ बचत हुन्थ्यो । सहकारीले २०६४ पछि एक गाविसबाट कार्यक्षेत्र विस्तार गरी ५ गाविसमा काम गर्न सुरु गरेको थियो ।

सहकारीले बचत, बिमा, रेमिट्यान्स पनि गर्दै आएको छ । अध्यक्ष सुवेदीले बहुउद्देश्यीय प्रकृतिको बनाएर उत्पादन क्षेत्रमा लगानी गर्ने योजना बनेको बताउँछन् । संस्थाका पूर्व अध्यक्ष चक्र बस्नेतले सहकारी बलियो बनाउन काठमाडौंको सहकारीसँग मर्जर गर्ने योजना बनाएको बताउँछन् ।

‘ग्रामीण क्षेत्रको उत्थानका लागि सहकारीमा प्रविधि भित्र्याउनै पर्छ’, उनले भने,‘मर्जरमार्फत नै गाउँमा प्रविधि भित्रयाउन सकिन्छ ।’ सहकारीले सहुलियत कर्जा दिएर सदस्यलाई जीवनस्तर उकास्न सघाउ पुर्याइरहेको छ ।

कृषिको व्यावसायिकता बढाउदै सदस्यको हित गरिरहेको संस्थाले जनाएको छ । संस्थाको विकासका लागि सुनकोशी गाउपालिकाले सहयोग गर्दै आएको अध्यक्ष सुवेदीले बताए । संस्थाका २ हजार ५ सय १८ सदस्य छन् ।

संस्थाको सेयर पुँजी ६२ लाख ६८ हजार ६ सय पुगेको छ । संस्थाले १९ करोड २० लाख बचत संकलन गरी १७ करोड ६५ लाख कर्जा प्रवाह गरेको छ । त्यसैगरी १७ करोड ६५ लाख ऋण लगानी भएको छ । संस्थाको ४७ वटा समूहमा ११८१ जना महिला आवद्ध भएका छन् ।

संस्थाले लघुवित्त मोडेलमा सदस्यलाई ऋण दिइरहेको छ । अध्यक्ष सुवेदीले विभिन्न निकायसँग सहकार्य गरी सदस्यको आयआर्जन हुने गरी काम गर्दै आएको बताए । संस्थाले सुनकोशी गाउँपालिका वडा नम्बर ६ थुम्पाखरको एक घर एक सदस्य अभियान सञ्चालन गरेको छ । 




Leave a comment