कोरोना नियन्त्रण सहकारी केन्द्र : सदस्यको पैसामा नेताको रजाइँ

कोरोना नियन्त्रण सहकारी केन्द्र : सदस्यको पैसामा नेताको रजाइँ :: Sahakari Akhabar

मनमोहन मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मदत्त सुवेदीले सहकारी कोरोना सेन्टर सञ्चालन भइरहेको बताए । मनमोहन अस्पतालकै पहलमा राष्ट्रिय मापदण्ड अनुसार कोरोना सेन्टर सञ्चालन भइरहेको उनले बताए । उहाँहरूले २ करोड आर्थिक सङ्कलन जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो’ उनले भने,’ तर उहाँहरू उद्घाटन पछि सम्पर्कमै आउनुभएन ।’

काठमाडौँ । कोरोना (कोभिड १९)को पहिलो लहर सुरुवातीमा सहकारी अभियानले ‘कोरोना नियन्त्रण सहकारी केन्द्र’ स्थापना गर्ने निधो गर्‍यो ।

केन्द्र कालागि सहकारीका केही नेताले अभियानबाट चन्दा सङ्कलन गरे । तत्कालीन सहकारी मन्त्री पद्माकुमारी अर्यालले सहकारी दिवस (चैत्र २० गते ) उक्त केन्द्रको उद्घाटन पनि गरिन ।

मनमोहन अस्पतालमा रहने उक्त केन्द्र कालागि संस्थाको पैसा नेताले आफू खुसी सहयोग गरे । ५ देखि १० लाखसम्म सहयोग गरेका तीन वटा केन्द्रीय सङ्घले केन्द्रलाई २ करोड सहयोग जुटाउने बाचा गरेका थिए ।

यसै क्रममा प्रारम्भिक संस्थाबाट ५ लाख समेत सङ्कलन गरेर नेताले अस्पताललाई २५ लाख रुपैयाँ सहयोग गरेका थिए । अहिले न अभियानले बाचा पुरा गर्‍यो न सहकारी कोरोना सेन्टर नै सञ्चालन भयो ।

सहकारीका सदस्यको २५ लाख रुपैयाँ अहिले बालुवामा पानी भएको छ । कोरोना नियन्त्रण सहकारी केन्द्र प्रभावकारी ढङ्गले अघि बढ्न सकेको छैन ।

नेपाल स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गर्नका लागि गत वर्ष राष्ट्रिय सहकारी महासङ्घको सक्रियतामा २५ लाख दिइए पनि केन्द्र सञ्चालन हुन सकेन ।

तत्कालीन मन्त्री पद्माकुमारी अर्यालको सक्रियतामा ६३ औँ सहकारी दिवसको काम देखाउनका लागि सहकारीका तर्फबाट २५ लाख रकम अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

महासङ्घले १५ लाख भनिए पनि प्रारम्भिक संस्थाबाट केन्द्र कालागि ५ लाख सङ्कलन गरिएको थियो । त्यसै गरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) र कृषि केन्द्रीय सहकारी सङ्घले ५/५ लाख सङ्कलन गरी मनमोहन अस्पताललाई २५ लाख हस्तान्तरण गरिएको थियो ।

महासङ्घको तर्फबाट सुरुमा २५ लाख सहयोग गरे पनि पछि सेयर माग गरेको उनले बताए । ‘माग गरे अनुसार हामीले १० लाख बराबरको सेयर प्रमाणपत्र दिएका छौँ’ उनले भने । राजनीतिक हिसाबले पनि सहकारी विभाजित भएकाले सहकारीबाट अपेक्षाकृत सहयोग नपाएको उनले बताए । ‘कोरोना पीडितलाई उपचार गराउन हामीले सार्वजनिक रूपमा आह्वान गरेका हौँ’ उनले भने,‘को आयो को आएन, लेखाजोखा राखेका छैनौँ’ ।

महासङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल कार्यदलको संयोजक भएर सहकारीबाट पैसा सङ्कलन गरी अस्पताललाई हस्तान्तरण गरेकी थिइन् । तर केन्द्रबाट कतिले लाभ लिए भन्ने विषयमा न अस्पताल प्रशासनले जानकारी दिन्छ । न त पैसा सहयोग गर्ने निकायहरूलाई चासो छ ।

तत्कालीन मन्त्री अर्यालको निर्देशनमा अस्पताल प्रशासनलाई २ वटा भेन्टिलेटर किन्न महासङ्घको अगुवाइमा रकम सहयोग गरिए पनि त्यसबाट कति सहकारकर्मीले लाभ लिए भन्ने जानकारी नभएको वरिष्ठ उपाध्यक्ष मल्लले बताइन् ।

सुरुमा चन्दा नै दिने निर्णय गरिए पनि कोरोना सेन्टर प्रभावकारी सञ्चालन नभएपछि महासङ्घले दिएको १० लाख र २ वटा केन्द्रीय सङ्घको ५/५ लाख रुपैयाँ सेयर खरिद गर्ने निर्णय भइसकेको वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् ।

मनमोहन मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मदत्त सुवेदीले सहकारी कोरोना सेन्टर सञ्चालन भइरहेको बताए । मनमोहन अस्पतालकै पहलमा राष्ट्रिय मापदण्ड अनुसार कोरोना सेन्टर सञ्चालन भइरहेको उनले बताए ।

उहाँहरूले २ करोड आर्थिक सङ्कलन जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो’ उनले भने,’ तर उहाँहरू उद्घाटन पछि सम्पर्कमै आउनुभएन ।’

सहकारीले दिएको पैसाले एउटा भेन्टिलेटर र पिपिई, मास्क तथा स्यानिटाइजर किनिएको बताए । भेन्टिलेटर यथावत चलेको र अरू सकिए पनि आफ्नै हिसाबले कोरोना सेन्टर सञ्चालन गरिरहेको उनको भनाइ छ ।

‘बोर्डमा मन्त्रीज्यूले बोलाएपछि नजाने कुरो भएन । मन्त्रीले दबाब नै दिएर सहकारी अस्पताल हो, कोरोना सेन्टर खोलौँ । भन्ने कुरो आयो, उनले भनिन्, ‘महासङ्घका अध्यक्ष मीनराज कँडेलसँगको छलफल पश्चात् कोरोना सेन्टर स्थापना भएको थियो ।’

मनमोहन अस्पतालमा अहिले कोभिडका बिरामी २० जना उपचाररत छन् । भेन्टिलेटरमा २ जना, आइसियुमा ६ जना, एडियुमा (आइसियुभन्दा अघिको उपचार) १० जना उपचाररत छन् । ‘सहकारीका मान्छे कति आए भन्दा पनि आएका सबैलाई उपचार दिएका छौँ’ उनले भने ।

सुरुमा चन्दा दिए पनि अहिले सेयरको कुरा आएको उनले बताए । तर सेयरको विषयमा निर्णय भए नभएको आफूलाई थाहा नभएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले बताए । ‘कुरा मिलेन, बजेट पनि आएन, उहाँहरूले चासो देखाउनु भएन, हामीले पनि त्यत्तिको फलो गरेनौँ ।’ उनले भने ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उक्त विषयमा महासङ्घ नै उत्तरदायी हुने बताए । ‘हामीले महासङ्घमार्फत दिएका हौँ, उहाँहरू नै यस विषयमा जिम्मेवार हुनुहुन्छ ।’ उनले भने ।

नेपाल स्वास्थ्य सहकारी केन्द्रीय सङ्घका अध्यक्ष राजेन्द्र पाण्डे सहकारीले जुन ढङ्गले सहयोग गर्नुपर्ने भन्ने थियो, त्यो अनुसार सहयोग नगरेको बताउँछन् ।

महासङ्घको तर्फबाट सुरुमा २५ लाख सहयोग गरे पनि पछि सेयर माग गरेको उनले बताए । ‘माग गरे अनुसार हामीले १० लाख बराबरको सेयर प्रमाणपत्र दिएका छौँ’ उनले भने ।

राजनीतिक हिसाबले पनि सहकारी विभाजित भएकाले सहकारीबाट अपेक्षाकृत सहयोग नपाएको उनले बताए । ‘कोरोना पीडितलाई उपचार गराउन हामीले सार्वजनिक रूपमा आह्वान गरेका हौँ’ उनले भने,‘को आयो को आएन, लेखाजोखा राखेका छैनौँ’ ।

सामान किन्ने कि पैसा दिने भन्ने कुरा हो’ मल्लले भनिन्, ‘पछि सामान कहाँ किन्ने , हामीलाई थाहा हुँदैन भनेर पैसा सहयोग गरेका थियौँ।’ मल्लले भनिन् ।

गत वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण दिवसका अवसरमा देश लकडाउनमा थियो । उक्त समयमा तत्कालीन मन्त्री पद्मा अर्यालको इनोसेसन(दबाब)मा सहकारीले पैसा सङ्कलन गरेर मनमोहनलाई सहयोग गरेका थिए ।

देश कोरोनाको जोखिममा रहेकै बेला राष्ट्रिय सहकारी महासङ्घको अगुवाइमा कोरोना –कोभिड १९) नियन्त्रण सहकारी सेन्टर स्थापना भएको थियो । काठमाडौँ, भक्तपुर तथा ललितपुर जिल्ला सङ्घ तथा प्रारम्भिक सहकारी संस्थाले सहयोग नगरेको वरिष्ठ उपाध्यक्ष मल्लले बताइन् ।

देशमा अझै कोरोनाको जोखिम उच्च रहे पनि कोरोना सेन्टर प्रभावकारी रुपमा सञ्चालन गर्न सहकारी तथा व्यवस्थापन पक्षले चासो देखाउन सकेको छैन ।

‘बोर्डमा मन्त्रीज्यूले बोलाएपछि नजाने कुरो भएन । मन्त्रीले दबाब नै दिएर सहकारी अस्पताल हो, कोरोना सेन्टर खोलौँ । भन्ने कुरो आयो, उनले भनिन्, ‘महासङ्घका अध्यक्ष मीनराज कँडेलसँगको छलफल पश्चात् कोरोना सेन्टर स्थापना भएको थियो ।’

सामान किन्ने कि पैसा दिने भन्ने कुरा हो’ मल्लले भनिन्, ‘पछि सामान कहाँ किन्ने , हामीलाई थाहा हुँदैन भनेर पैसा सहयोग गरेका थियौँ।’ मल्लले भनिन् ।



Leave a comment