जिल्ला बचत संघको लेखा तालिम सम्पन्न २०० बढी सहभागी 

 जिल्ला बचत संघको लेखा तालिम सम्पन्न २०० बढी सहभागी  :: Sahakari Akhabar

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको लेखा सुपरिवेक्षण समितिको आयोजनामा अनलाइन लेखासुपरिवेक्षण तालिम सम्पन्न भएको छ ।

समापन कार्यक्रममा संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले लेखा सुपरिवेक्षण समिति सक्रिय भएको संस्थामा सहकारीमा समस्या नदेखिएको उल्लेख गरे । सहकारी सुशासन र नियमसंगत सञ्चालनमा लेखा सुपरिवेक्षण समितिको महत्वपुर्ण भूमिका रहने उनको भनाई थियो ।

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले सहजीकरण गरेको तालिममा लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखापरिक्षकका क्षेत्र तथा विधि, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन र प्रस्तुतिकरणबारेमा सुक्ष्म ढंगले सरल र व्यवहारिक तालिम दिए ।

संघका सञ्चालक समिति सदस्य सुशिला बरालले विषम परिस्थितिमा संघले खेलेको भूमिका बारेमा चर्चा गर्दै सहकारी संस्थामा लेखा समितिको क्षमता अभिवद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको बताइन् ।

तालिम कार्यक्रमको अध्यक्षता समितिका संयोजक बालमुकुन्द उपाध्यायले हरेक बर्ष संघले लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि हुने तालिम कार्यक्रमहरुको आयोजना गदै आएको जनाए । उनले विषम परिस्थिमा पनि अवसरको रुपमा लिइ तालिमको आयोजना गरेको उल्लेख गरे ।

समितिका सदस्य श्रीप्रसाद त्यातजूले संघको संक्षिप्त परिचय राख्दै तालिम कार्यक्रम संचालन गरेका थिए । तालिममा २०० भन्दा बढी सहभागी प्रत्यक्ष तालिममा सहभागिता रहेको थियो।



Leave a comment