आश्रय बहुउद्देश्यीय सहकारीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिने

आश्रय बहुउद्देश्यीय सहकारीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिने :: Sahakari Akhabar

काठमाडौं । टंकेश्वरमा मुख्य कार्यालय रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्थाले साताको दुई दिन बिहान १० बजे देखि ५ बजे सम्म खुल्ने भएको छ ।

संस्थाको केन्द्रिय कार्यालय तथा महाबौद्ध सदस्य सुबिधा केन्द्र असार ३ गते देखि खुल्ने भएको हो । संस्थाले प्रत्येक हप्ताको आईतबार र बिहिबार सिमित कारोबार हुने गरी कार्यालय खुल्ला रहने जनाएको छ ।

उपत्यकामा लगाइएको निषेधाज्ञा एक हप्ता लम्ब्याइएको र केही खुकुलो पार्दै निषेधाज्ञा एक साता थपिएको थियो । कोभिड १९ संक्रमणको त्रासमा सरकारले बैशाख १६ गते देखि निरन्तर निषेधाज्ञा जारी गरेको छ ।

यससंगै असारको पहिलो सातासम्म निषेधाज्ञा लम्बिएको हो । निषेधाज्ञाको समयामा बैंक वित्तिय संस्था तथा सहकारीलाई समय तोकेर सेवा दिन सकिने ब्यवस्था गरेको छ भने सहकारीलाई आइतबार र बिहिबार मात्र कार्यलय खोल्न निर्देशन जारी गरेको छ ।



Leave a comment