ललितपुर वचत संघद्धरा मनोवैज्ञानिक विकास कार्यक्रम सम्पन्न

ललितपुर वचत संघद्धरा मनोवैज्ञानिक विकास कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले सहकारीकर्मीहरुको मनोवैज्ञानिक विकासको लागि “सेल्फ डेभलपमेण्ट मेनेजिङ इमोसन क्राइसस् माइण्ड” विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड १९ को कारणले घरमानै थुनियर बस्न बाध्य भएको अवस्थामा सकारात्मक सोचको विकास सहित तनाब व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका व्यवस्थापक सन्तोष बजगाईले बताए ।

संघले २९ गते भर्चुअल कार्यक्रम गरेको हो । संघका अध्यक्ष रामहरि बजगाईले कोभिड १९ ले सहकारी क्षेत्रमा पनि प्रत्यक्ष असर गरेको हुँदा मानिको जिवनमा सकारात्मक सोच चिन्तन आवश्यक भएकोले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।

संघले आफ्ना सदस्य सहकारी संस्थाहरुमा तरलता व्यवस्थापनमा समस्या नआहोस भनि अघिल्लो वर्ष लक डाउनको समयमा दश करोडको कोरोना महामारी तरलता व्यवस्थापन कोषमा रकम छुट्याएको र यस वर्ष पनि उक्त कोषलाई निरन्तरता दिएको जानकारी गराए । संस्थामा वित्तिय वा अन्य जुनसुकै समस्या आएमा सदस्य सहकारी संस्थाहरुलाई संघमा सम्पर्क गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रमा प्रस्तुतिकरण गर्नुहुने हिन्दु विद्मापीठ तथा शान्ती सेवा आश्रमका प्रमुख उत्प्रेरक गुरु डा. चिन्तामणी योगिले विशेष गरि आत्म विकास, मानविय भावना, संकट र दिमागलाई जोडी प्रस्तुती गरेका थिए ।

संघका सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गरेको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष करुणारत्न बज्राचार्यले सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । 



Leave a comment