चीना थापा, विराटनगर । कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ बाट मृत्यु भएका परिवारलाई दश हजार सहयोग गरेको छ ।
मृतकका परिवारलाई खाद्यान्न तथा अन्य जिन्सी सामाग्री सहित नदग पनि सहयोग गरेको सहकारीका अध्यक्ष अमृत गुरुङले जानकारी दिए । सहकारीका सञ्चालक समिति सदस्य शारदा भक्त बिजुक्षेको कोरोनाका कारण मृत्यु भएको थियो ।
त्यसैगरी सहकारीले कोरोना प्रभावित सदस्यहरुलाई पनि आवश्यकता अनुसार नगद, जिन्सी, खाद्यान्न सहयोग गरिरहेको छ । अध्यक्ष गुरुङका अनुसार कोभिडका कारण मृत्यु भएका शेयर सदस्यहरुलाई पनि दश हजारका दरले नै सदस्य कल्याण राहत उपलब्ध गराएको छ ।
सहकारीले आफ्ना सदस्यहरु लगायत संस्था रहेको क्षेत्रमा राहत सामाग्री प्रदान गर्ने कार्यमा सहभागि भईरहेको पनि गुरुङले जानकारी दिए । कोभिडको महामारीमा परेका सदस्यहरुलाई गत बर्ष पनि सहकारीले सहयोग गरेको थियो ।
सहकारीले कोभिड १९ को विषम परिस्थितिमा पनि पूर्ण सुरक्षा विधि अपनाई सदस्यहरुलाई सबै प्रकारको सेवा प्रदान गरि आएको जनाएको छ ।
आगामी दिनहरुमा पनि संस्थाका सदस्यहरु र सामाजिक उत्तरदायित्व प्रती सधै क्रियाशिल रहने अध्यक्ष गुरुङले सहकारी अखबारलाई बताए ।
सहकारी शेयर सदस्यको दुख सुखको साथि भएकाले उनीहरुको दुखको समयमा सँगसँगै भएको र आगामि दिनमा पनि सँगसँगै हुने उनको भनाई छ ।
सदस्यलाई संस्था छ भन्ने प्रत्याभूति गराउने दायित्व संस्थाको भएकाले यो काममा सहकारी सधैं सदस्यहरुसँगै रहने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।
Leave a comment