कर तिरेको आधारमा सहकारी क्षेत्रको प्रवद्र्धन गर्नु पर्छ

कर तिरेको आधारमा सहकारी क्षेत्रको प्रवद्र्धन गर्नु पर्छ :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रले राज्यलाई भुक्तान गरेको करका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्ने कताएका छन् ।

राष्ट्रिय सहकारी बैंकले बिहीवार आयोजना गरेको सहकारीमा कर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले सहकारी अभियानको निरन्तरको लविङ पछि करको दायरा कम भएको बताए ।

उनले अब कर भुक्तान गर्ने कुरामा सहकारी क्षेत्रले इमान्दारिता देखाउनु पर्ने पनि बताए । उनले भने ‘सहकारी क्षेत्रले कर भुक्तानीमा प्रभावकारिता ल्याउने र सरकारले सहकारीको योगदानका आधारमा सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनु पर्छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले सञ्चालन गर्ने व्यवसायलाई प्रभावकारी बनाउदै राज्यलाई भुक्तान गर्ने कर भुक्तानलाई गौरवको विषय बनाउनु पर्नेमा जोड दिइन् ।

सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले कोरोना महामारीमा सहकारीहरुलाई पर्ने समस्यामा बैंकले निरन्तर सहजीकरण गर्दै आएको  बताए । उनले समस्यामा सहकारीहरुलाई सहज रुपमा सेवा पु¥याउन अभियान सदैव सहयोगीका रुपमा रहने बताए ।

कार्यक्रममा वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट शेषमणि दाहालले सहकारीमा करको व्यवस्था, संशोधनका सहुलियत, अन्य संशोधन, आयकर ऐन २०५८, मूल्य अभिवृद्धि ऐन २०५२, अन्त शुल्क ऐन २०५८ का मूल विषयहरु लगायतका विषयमा सहजीकरण गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा बैंकका सदस्य सहकारी संघ संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरु सहित १ हजार जनाको सहभागिता रहेको थियो ।




Leave a comment