सहकारीले किसानको जीवनमा ल्याएको परिवर्तन 

सहकारीले किसानको जीवनमा ल्याएको परिवर्तन  :: Sahakari Akhabar

चीना थापा, सिन्धुली । सिन्धुलीमाडिमा कोसेली डेरी स्थापना भएको ६ वर्ष भयो । डेरीमा जिल्लाका ५ गाविस लगायत नगरपालिका आसपासका क्षेत्रवाट दुध संकलन गरिन्छ ।

डेरी स्थापना भएपछि दही, मोही, घिउ, पनिर, छुर्पी लगाएतका सामानहरुका लागि जिल्लाका उपभोक्ताहरुले वाहिर जानुपर्ने समस्या टरेको छ । त्यति मात्रै हैन डेरीमा २ जनाले रोजगारी समेत पाएका छन् ।

कमलामाई नगरपालिका नजिकै रहेको कृषि उपज बजारको एउटा सटरमा सिन्धुली कोसेली डेरी सेन्टर छ । जहाँ महाभारत भेगका गाई भैसीको दूधबाट उत्पादित दही, मही, घिउ, पनिर, छुर्पी लगाएतका उत्पादनहरु पाईन्छन् । त्यही डेरीमा रातमाटाकी फूलमाया तामाङ् ३ वर्ष देखि कर्मचारीको रुपमा काम गर्दै आउनुभएको छ ।

जिल्लाको रतनचुरा, भद्रकाली र जलकन्याका ४ सय भन्दा बढी किसानहरु संगठित हुँदै महाभारत दूग्ध सहकारी लिमिटेड दर्ता गरेर ९ वटा दूग्ध संकलन केन्द्र स्थापना भएपछि फूलमायाले जस्तै धेरैले रोजगार बन्ने अवसर पाएका छन् । महाभारत भेगका किसानहरु  बेलुकाको दूध घरमा राख्छन् र विहानको दूध विक्री गर्छन् ।

यसरी एक समयको दूध विक्री गर्दा पनि मासिक ५ हजार देखि १० हजारसम्म आम्दानी हुँने हँुदा किसानहरु दूग्ध व्यवसाय प्रति आकर्षित भएका हुन् । विदेश गएर कमाएको पैसाले  ऋण तिर्दै ठिक्क हुन्छ, आफ्नै ठाउँमा दूग्ध व्यवसाय गर्ने हो भने न साहुँको कचकच सुन्नुपर्छ न त विदेशीको हेपाई नै सहनुपर्छ किसान शान्तामाया विकले भनिन् । किसानहरुले यही पिडालाई बुझेर दूग्ध व्यवसायलाई अंगालेपछि उनीहरुको आर्थिक जीवनमा पनि निकै सुधार आएको छ ।

किसानहरुले उत्पादन गरेका दूग्ध जन्य पदार्थको बजार व्यवस्थापनमा स्थानिय महाभारत दूग्ध सहकारी संस्था र जिल्ला दूग्ध सहकारी संघ सिन्धुलीले सहयोग गरेका छन् । सहकारीमार्फत डेरी खोलेर वजार व्यवस्थान गरिएको महाभारत दूग्ध सहकारी संस्थाका अध्यक्ष नवराज गजुरेलले वताए ।

दूग्ध सहकारी संस्था स्थापना भएदेखि दूध बेचेर र सोही संस्थामा काम गरेर आफ्नो घरपरिवार चलाउन सजिलो भएको  स्थानिय शान्तामाया विकले वताईन । गाई तथा भैसी पालनमा लागेका रतनचुराका अधिकांस किसानहरुले दूध बेच्न थालेका छन् । ३ वर्ष अगाडि सम्म एक लिटर दूधको २० रुपया मात्र पाएका किसानहरुले हिजोआज एक लिटर दूधको ४० रुपैयाँ देखि ४५ रुपैयाँ सम्म पाउने गरेका छन् ।

गाविसमा दुग्ध सहकारी संस्था स्थापना भएदेखि आफुले निरन्तर दूध बेच्दै आएको र राम्रो आम्दानी लिन सफल भएको स्थानिय अमिता सापकोटाको भनाई छ । दूधको राम्रो मुल्य र सहकारीको स्थापना पछि दूध बेचेर नै छोराछोरीको पढाई खर्च र घरपरिवार चलाउन सजिलो भएको स्थानिय मिनुकुमारी थापामगरको भनाई छ ।

किसानहरुले उत्पादन गरेका दूग्ध जन्य पदार्थको बजार व्यवस्थापनमा स्थानिय महाभारत दूग्ध सहकारी संस्था र जिल्ला दूग्ध सहकारी संघ सिन्धुलीले सहयोग गरेका छन् । सहकारीमार्फत डेरी खोलेर वजार व्यवस्थान गरिएको महाभारत दूग्ध सहकारी संस्थाका अध्यक्ष नवराज गजुरेलले वताए ।

गाई भैसी पालेका किसानहरुले गाउँघरमै बसेर राम्रो आम्दानी गरेको देखेर अन्य रतनचुरा, भद्रकाली, जलकन्या, रानीचुरी, वेलघारी, कमलामाई नगरपालिका लगाएतका गाउँमा पनि पशुपालन गर्ने लहर चलेको गजुरेलको भनाई छ । सिन्धुलीमा अहिलेसम्म १० वटा दूग्ध उत्पादन कृषि सहकारी संस्था गठन भईसकेको पनि गजुरेलले वताए ।




Leave a comment