सहकारीमा अग्रजको फोटो व्यवस्थापन देखा सेखी की ! चलन

सहकारीमा अग्रजको फोटो व्यवस्थापन देखा सेखी की ! चलन :: Sahakari Akhabar

नेफ्स्कूनमा यसको अभ्यास बि.सं २०६४ पौष महिनादेखि सुरुवात गरिएको थियो, तत्कालीन नव निर्वाचित अध्यक्ष मीनराज कडेल र उपाध्यक्ष ऋषिराज घिमिरेले मलाई भन्नुभयो शिवजी पूर्व अध्यक्षहरूको फोटो अव देखि अध्यक्षको कार्यकक्षमा राख्ने भन्नुभयो जुन बेलामा म आफू कायम मुकाम प्रमुख कार्यकारी अधिकृत थिए । मैले हस् भने फोटाको प्रबन्ध गरे र अध्यक्षज्यूको कार्यकक्षमा फोटा राखियो ।

हिले संसार प्रविधि मैत्री भई सकेको छ त्यस सँगै हाम्रा सहकारीहरू पनि रमाएर हातेमालो गर्दे अघि बढ्दै गएका छन् । भौतिक संरचना साथै कार्यालय व्यवस्थापन अत्यन्तै राम्रो बनाएको देख्न पाँऊदा धेरै खुसी लाग्दछ ।

मकै पिन्दा घुन पनि पिसिन्छ भने जस्तै केही सहकारीहरूमा व्यवस्थापन र केहीमा सञ्चालकहरूको स सानो गल्ती एवं लापारवाहिले केही अशोभनीय असर परेको होला । तर समग्र रूपमा सहकारी समुदायको लागि आँखाको नानी र मुटुको धड्कन भन्दा पनि प्यारो छ र हुन्छ पनि ।

अव सहकारी संघ संस्थाहरुको भित्तामा राख्ने गरिएको अग्रजहरू ( संस्थापक, निवर्तमान) लगायतका फोटाहरूको विषयलाई लिएर मलाई केही भन्न मन लाग्यो । मैले हालैको यो नौ महिनाको अवधिमा नजिकबाट धेरै सहकारी निहाल्न पाएँ, खास गरेर सहकारीहरूमा ती अग्रजका फोटालाई फ्रेमिङ गरेर राखिएको हुन्छ ।

जसमा आफ्नै संस्थाका पूर्व अध्यक्ष, नेपालको सहकारी अभियानका पिता, बखान शिंह गुरुङ, विश्वका सहकारीका प्रवर्द्धक रोवर्ट ओवन, बचत तथा ऋण सहकारीहरूमा विश्वको बचत तथा ऋण सहकारी अभियानका पिता एफ.डब्लु राईफाईसन, सँगै फ्रान्सिस हर्मन सुल्ज (राईफाईसेनले जर्मनका गाँऊबाट अभियान सुरु गरेका हुन भने हर्मन शुल्जले शहरहरुबाट) ।

त्यसैगरी नेफ्स्कून संस्थापक अध्यक्ष भोजराज घिमिरेको फोटो र कतिपय सहकारी संस्थाहरुमा जग्गादाताहरुको फोटो र कतै राजनैतिक नेताहरूको समेतको पनि फोटाहरू राखिएको पाएँ ।

यसरी सहकारी सङ्घ संस्थामा अग्रज तथा दाताहरुको फोटो राख्दा वास्तवमा ति अग्रजहरू जसले सहकारीको स्थानीय तह देखि राष्ट्रिय, अन्तर्राष्ट्रिय तह सम्म सुरुका दिनमा जुन किसिमको योगदान गर्नुभएको थियो, सोको उच्च सम्मानको रूपमा लिन्छौ हामी ।

अझ मैले पोखरा रोयल सहकारी संस्थामा त विश्वको पहिलो सहकारी पत्रकार समेत भनेर फोटो राखिएको पाएँ, साह्रै खुसीको अनुभव पनि भयो ।

तर फोटाहरू संस्थामा कसरी सजाइएका छन् भन्दा कुनै संस्थाहरूले अध्यक्षको कार्यकक्षमा, कुनै संस्थाले बैठक सभा कक्षमा, कुनै संस्थाले रिसेप्सनमा, कुनै संस्थाले प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा यसमा एकरुपता गर्न सकिएको छैन जस्तो मलाई लाग्यो ।

कतिपय संस्थाहरूले त यो नीतिमा उल्लेख गर्नु भएकै होला तर अधिकांश सहकारीमा यो कुरा उल्लेख गरेको जस्तो मलाई लाग्दैन । खाश गरेर फलानो संस्थाले यसरी राखेको रहेछ, हामीले पनि त्यसरी नै राखौँ वा केन्द्रका मान्छे आउनु भयो उहाँहरूले फलानाको फोटो राख्न सुझाव दिनु भयो उहाँहरूकै सुझाव अनुसार हामीले पनि  राखियो ।

नेफ्स्कूनमा यसको अभ्यास बि.सं २०६४ पौष महिनादेखि सुरुवात गरिएको थियो, तत्कालीन नव निर्वाचित अध्यक्ष मीनराज कडेल र उपाध्यक्ष ऋषिराज घिमिरेले मलाई भन्नुभयो शिवजी पूर्व अध्यक्षहरूको फोटो अव देखि अध्यक्षको कार्यकक्षमा राख्ने भन्नुभयो जुन बेलामा म आफू कायम मुकाम प्रमुख कार्यकारी अधिकृत थिए ।

मैले हस् भने फोटाको प्रबन्ध गरे र अध्यक्षज्यूको कार्यकक्षमा फोटा राखियो । अनि केही समय पछि फेरी शिवजी एफ डब्ल्यु राईफाईसनको फोटो पनि राख्न पर्‍यो भन्नु भयो । मैले पनि हस् भने, बनाएर ल्याए र पूर्व अध्यक्षज्यूहरू सँगै उहाँको फोटो पनि राखियो।

पछि अध्यक्षज्यूको कार्यकक्षमा यो विषयमा प्रसङ्ग चलेछ राईफाईसेन विश्व बचत तथा ऋण सहकारीका पिता भएको हुँदा उहाँलाई यौटै हारमा राख्नु हुँदैन । फेरि मलाई शिवजी राईफाईसनको फोटो अलग्गै राख्नु पर्‍यो भन्नु भयो, अध्यक्षज्यूकै कार्यकक्षमा अर्को पट्टी साईडमा सजाएर राखियो ।

फोटाको प्रबन्ध गर्दा जुन ठाँउ खालि हुन्छ त्यही ठाँऊमा भन्दा पनि अध्यक्षको कार्यकक्ष वा बैठक कक्षमानै राखेको शोभनीय हुन्छ । ती फोटाहरूको साइज पनि एकै किसिमको बनाएर राख्दा अझ आकर्षक देखिन्छ । सहकारीका पूर्व अध्यक्षहरूको फोटो यौटा लाइनमा राखियो भने माथि उल्लेख भएका अन्यको फोटो अर्को लाइनमा राख्दा राम्रो हुन्छ ।

हिजोको दिनमा जे सोच बिचार गरियो र काम गरियो त्यो ठिक गरियो ती विषयको निर्णय पनि गरेको छैन तर अवको दिनमा संघ संस्थाहरू ठुलो हुँदै गए, कार्यालयहरू पनि बिस्तार हुन थाले । मानिसहरूले पनि विभिन्न तर्क, वितर्क राख्न सिपालु भई सके यो फोटाहरू राख्ने कुरा अहिल्यै सामान्य जस्तो हुन सक्दछ ।

यस विषयमा नीतिगत रूपमा लिखित दस्ताबेज बनाएरै सञ्चालक समितिको निर्णयबाट नै यसको राम्रो व्यवस्थापन गरिएन भने भोलिको दिनमा यसले विवाद निम्त्याउन सक्दछ । ककसको फोटो राख्ने भन्ने विषय, केन्द्रीय कार्यालयमा मात्र राख्ने कि अरू कार्यालयहरूमा पनि राख्ने, ती फोटा राख्नको औचित्य के ? आदि, इत्यादि कुराहरू लिखित निर्णय भयो भने भोलिका दिनलाई सहज हुन्छ ।

मेरो व्यक्तिगत बिचारमा जब संघसंस्थामा फोटो राखिन्छ, निजको कम्तीमा पनि एक पेजको बायोग्राफी सञ्चालक समितिको माईन्यूटमा उतार गर्दा राम्रो हुन्छ ।  यदि संस्थाकै पूर्व अध्यक्ष हुनहुन्छ भने उहाँको कार्यकालको सामान्य चित्रण माईन्यूटमा उतार गरियो भने भविष्यका पिँडीहरूलाई पनि शिक्षा हुन्छ उहाँको योगदानको बारेमा ।

फोटाको प्रबन्ध गर्दा जुन ठाँउ खालि हुन्छ त्यही ठाँऊमा भन्दा पनि अध्यक्षको कार्यकक्ष वा बैठक कक्षमानै राखेको शोभनीय हुन्छ । ती फोटाहरूको साइज पनि एकै किसिमको बनाएर राख्दा अझ आकर्षक देखिन्छ । सहकारीका पूर्व अध्यक्षहरूको फोटो यौटा लाइनमा राखियो भने माथि उल्लेख भएका अन्यको फोटो अर्को लाइनमा राख्दा राम्रो हुन्छ ।




Leave a comment