- पहिला सेवा केन्द्र अनि नियमावली
- सेवा केन्द्र सँगै विकृति पनि धेरै
- सेवा केन्द्रको नाममा विकृति बढाए
- सय बढीले ५ भन्दा बढी सेवा केन्द्र लिएका छन्
- केही उदाहरण संस्थाहरू
काठमाडौँ । मिसन आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान हुनुपर्ने सहकारीको टार्गेट बचत सङ्कलन र अनुत्पादक क्षेत्रमा लगानी हुन थालेको छ ।
समुदायमा रहेको श्रम, सिप र पुँजीलाई एकीकृत गरी समुदाय मानै लगानी गर्नु पर्ने सहकारीहरू बचत संकलनकै लागि सेवा केन्द्र लिएर सहर बजार पसेका देखिन्छन् ।
पछिल्लो समय सेवा केन्द्रका बहानामा सहकारीहरू सहर र बजार पस्ने होडबाजी नै चलेको छ । सहकारी मापदण्ड ६८ ले सेवा केन्द्र र कार्यक्षेत्र विस्तारमा लचकता अपनाएपछि अधिकांश सहकारीले सहकारी भिड मानै सेवा केन्द्र विस्तार गरेका छन् ।
जहाँ समुदायको सहकारीमा पहुँच छैन, जहाँ अन्य बैङ्क वित्तीय संस्थाहरूको उपस्थिति छैन त्यस्तो ठाउँमा सहकारीको सेवा केन्द्र मार्फत समुदायको आर्थिक सामाजिक र सांस्कृतिक उत्थान गर्न सहकारीको सेवा केन्द्र हुनु पर्ने सरोकारवालाको भनाई छ ।
अहिलेको सहकारीको टार्गेट जसरीहुन्छ बचत सङ्कलन गर्ने घर जग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरी चाँडै कमाउने मात्र उद्देश्य देखिएको छ ।
सहकारीको कार्यक्षेत्र र सेवा केन्द्र विस्तारमा आर्थिक चलखेल हुने गरेको र अनुगमनको पाटो कमजोर हुँदा विकृति बढेको सहकारीकर्मी हरुको बुझाई छ ।
अधिकांश सहकारीले मर्जको बहानामा कार्यक्षेत्र र सेवा केन्द्र विस्तार गरेको सरोकारवालाहरूले बताएका छन् । यसै क्रममा सहकारी अखबारले बागमती प्रदेशको विषयमा तयार गरेको रिपोर्ट ।
पहिला सेवा केन्द्र अनि नियमावली
बाग्मती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले मङ्सिर १ गते लागू हुने गरी प्रदेश सहकारी नियमावली जारी गरेको छ । तर त्यसअघि नै धमाधम सेवा केन्द्र स्वीकृति गरिएको छ ।
बाग्मती प्रदेशका अधिकांश सहकारीले मनपरी सेवा केन्द्र खोलेका छन् । खास गरी प्रदेश रजिस्ट्रार कार्यालयलाई अनुचित प्रभाव पारी सेवा केन्द्र लिनेको होडबाजी चलेको छ । कतिले मङ्सिर अघि स्वीकृति लिइसके पनि सेवा केन्द्र अझै सुरु गरेका छैनन् ।
बैंक तथा वित्तीय संस्थाको जति शाखा भए, उत्ति राम्रो मानिन्छ तर सहकारीमा जति धेरै सेवा केन्द्र खुले, उति विकृति भएको आङ्कलन गर्न सकिन्छ । सहकारी ऐन, नियम तथा मापदण्डले सेवा केन्द्रमा कडाइ गरे पनि सेवा केन्द्र खुल्ने क्रम रोकिएको छैन ।
बाग्मती प्रदेशमा १ सय ७४ सहकारी मर्ज भई ७२ वटा मा झरेका छन् । मर्ज भएका सहकारीलाई प्रदेशले थप एक सेवा केन्द्र खोल्न सुविधा दिएको छ । ‘मापदण्ड नै बनाएर तीन वटा भन्दा बढी सेवा केन्द्र खोल्न नपाउने व्यवस्था गरेका छौँ, ‘पाण्डे भन्छन्, ‘पछिल्लो समयमा कार्यक्षेत्र र सेवा केन्द्रमा कडाइ गरेका छौँ ।’
सेवा केन्द्र सँगै विकृति पनि धेरै
बागमती प्रदेश धेरै सेवा केन्द्र खुल्ने र विकृति पनि बढेको प्रदेशमा पर्छ । बाग्मती प्रदेशमा कार्य क्षेत्र रहेका धेरै सहकारीले सेवा केन्द्र खोलेका छन् ।
सहकारी विभागको तथ्याङ्क अनुसार बाग्मती प्रदेशमा १० हजार ४ सय १८ सहकारी छन् । त्यसमध्ये बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालय अन्तर्गत २ हजार ८ सय सहकारी छन् ।
बाग्मती प्रदेश सहकारी रजिस्ट्रार विक्रम पाण्डेका अनुसार नियमावली बन्नु अघि एउटै संस्थाले ७ वटा सम्म स्वीकृति लिएको बताए । तर कुन कुन संस्थाले त्यसरी सेवा केन्द्र लिए भन्ने उनले खुलाउन चाहेनन् ।
बाग्मती प्रदेशमा १ सय ७४ सहकारी मर्ज भई ७२ वटा मा झरेका छन् । मर्ज भएका सहकारीलाई प्रदेशले थप एक सेवा केन्द्र खोल्न सुविधा दिएको छ ।
‘मापदण्ड नै बनाएर तीन वटा भन्दा बढी सेवा केन्द्र खोल्न नपाउने व्यवस्था गरेका छौँ, ‘पाण्डे भन्छन्, ‘पछिल्लो समयमा कार्यक्षेत्र र सेवा केन्द्रमा कडाइ गरेका छौँ ।’
जसको जति छ, त्यही प्रभावकारी रुपमा चलाउनुपर्ने उनी ठान्छन् । देश सङ्घीयतामा गएसँगै २०७४ बेला धमाधम सेवा केन्द्र स्वीकृति भएको थियो ।
पाण्डे बाग्मती प्रदेशको रजिस्ट्रार भएर आएपछि पनि सेवा केन्द्र स्वीकृति गर्न उदार देखिए । ‘बिचमा बढी नै भएका छन् । त्यो बेला एउटैले चार पाँच वटा सेवा केन्द्र लिएका छन्’ उनले भने, ‘आवश्यकताका आधारमा थप सेवा केन्द्र दिन सकिन्छ ।’
बागमती प्रदेशको मापदण्डमा पहिलो हजारसम्म सदस्यलाई केन्द्रीय कार्यालयबाट सेवा दिने र हजार थपिए अर्को सेवा केन्द्र दिने व्यवस्था गरिएको छ ।
त्यस्तै सेवा केन्द्र हुन डेढ करोड सेयर पुँजी हुनुपर्ने व्यवस्था गरिएको छ । प्रदेश रजिस्ट्रार पाण्डे भन्छन्’ सहकारीले पसल थाप्दै हिँड्ने होइन । विज्ञापन गर्ने होइन । सदस्यमैत्री भएर आवश्यक परे सेवा केन्द्र खोलेर सेवा दिनुपर्छ ।’
सेवा केन्द्रको नाममा विकृति बढाए
बाग्मती प्रदेश सहकारी सङ्घका अध्यक्ष रामशरण शर्मा घिमिरेले सेवा केन्द्र खोलेर केही सहकारीले राम्रो काम गर्न खोजेको बताउँछन् ।सामान्यतया ठुला सहकारीले सेवा केन्द्रको नाममा विकृति बढाएको उनको बुझाइ छ ।
बचत तथा ऋण बाहेकका कृषि, पर्यटन, बहुउद्देश्यीय सहकारी पनि सेवा केन्द्र खोल्न थालेका छन् । ‘पछिल्लो समयमा सहकारी मर्जिङ व्यापक भएको छ’ उनले भने, ‘ती सहकारीले सेवा केन्द्र थप पाउने भए, केही आवश्यकता अनुसार पनि सेवा केन्द्र लिएका छन् ।’
ग्रामीण क्षेत्रमा कार्यरत सहकारी पनि पछिल्लो समयमा सहर केन्द्रित हुन थालेका छन् । कमजोर संस्था मर्ज को नाममा सहर पस्ने र घरजग्गा कारोबार गर्ने सहकारीको ध्याउन्न देखिन्छ । सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने उद्देश्यले धमाधम सेवा केन्द्र खोलिरहेका छन् ।
सय बढीले ५ भन्दा बढी सेवा केन्द्र लिएका छन्
बाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष उद्धव सापकोटाले ५ भन्दा बढी सेवा केन्द्र हुने सय भन्दा बढी भएको बताए । बागमती प्रदेशमा सञ्चालनमा रहेका करिब ८० प्रतिशत सहकारी बचत तथा ऋणको कारोबार गर्छन् ।
निक्षेप सङ्कलन गर्ने होडबाजीमा बचत सहकारी अघि देखिएका छन् । ठाउँ ठाउँमा सेवा केन्द्र खोलेको देखाएर बजारबाट पैसा सङ्कलन गर्ने होडबाजी नै चलेको छ ।
त्यस्ता सेवा केन्द्रबाट निक्षेपकर्ताले ऋण भने पाउँदैनन् । ऋण चाहियो भने अनेक झमेला बेहोर्नुपर्ने, केन्द्रीय कार्यालय पुग्नुपर्ने बाध्यता हुन्छ । अधिकांश सहकारी सहर केन्द्रित भएपछि सरकारले गाउँपालिका र नगरपालिकामा एउटा सेवा केन्द्र खोल्न प्रोत्साहन गर्ने नीति लिएको छ ।
धेरै सदस्य भएमा आवश्यकताको आधारमा सेवा केन्द्र पाउनुपर्छ ।’ उनले भने, ‘सदस्यको माग छ, कारोबार हुन्छ भने दिनुपर्छ ।’ तर सदस्य कम भएको ठाउँमा भने सेवा केन्द्र दिँदा विकृति हुने उनी ठान्छन् ।
ग्रामीण क्षेत्रमा कार्यरत सहकारी पनि पछिल्लो समयमा सहर केन्द्रित हुन थालेका छन् । कमजोर संस्था मर्ज को नाममा सहर पस्ने र घरजग्गा कारोबार गर्ने सहकारीको ध्याउन्न देखिन्छ । सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने उद्देश्यले धमाधम सेवा केन्द्र खोलिरहेका छन् ।
प्रदेशमा रहेका ठुला संस्था मात्र हैन भर्खरै स्थापना भएका संस्थाले पनि सेवा केन्द्र विस्तारको स्वीकृति लिएरै स्थापना गरेको पाइन्छ । सहकारीका सेवा केन्द्र विस्तारमा देखिएको जागरूकता केही सहकारीका आवश्यकता हो भने अधिकांश सहकारीको सदस्यलाई सेवा दिने भन्दा पनि पैसा सङ्कलन र निजी व्यवसायमा लगानी गर्ने देखिन्छ ।
केही उदाहरण संस्थाहरू
काभ्रेको बिन्धवासिनि बचत तथा ऋण सहकारी सस्ताको ७ वटा सेवाकेन्द्र छन् । काभ्रेको बनेपा, पनौती, पाँचखाल, भकुन्डे, ढुंगखर्क, खोपासी र काठमाडौँको बानेश्वरमा सेवा केन्द्र छन् । त्यस्तै संस्थाले अन्य ७ स्थानबाट पनि कर्जा नदिने तर निक्षेप जम्मा गर्ने कलेक्सन सेन्टर सञ्चालनमा ल्याएको छ ।
बिन्धवासिनि सहकारीका प्रमुख कार्यकारी अधिकृत केवी लामा पछिल्लो समयमा काठमाडौँको ग्रामीण क्षेत्रलाई फोकस गरेर सेवा केन्द्र विस्तार गर्न थालिएको बताउँछन् । संस्थाको मुख्य कारोबार ग्रामीण क्षेत्रमै केन्द्रित भए पनि काठमाडौँमा काभ्रेका धेरै सदस्य व्यवसायीहरू घर बनाएर बसेकाले काठमाडौँमा केन्द्रित भएको संस्थाले जनाएको छ ।
काठमाडौँमै थली, सीता पाइला, तारकेश्वरलगायत काठमाडौँका ग्रामीण क्षेत्रका सदस्य धेरै भएको भन्दै संस्थाले ती क्षेत्रमा छिट्टै सेवा केन्द्र खोल्ने योजना बनाएको छ । बिन्धवासिनिले कमजोर र चलाउन नसकेका संस्थालाई मर्ज गर्दै सेवा केन्द्र विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत लामा बताउँछन् ।
बाँनेश्वरमा २ करोडको कारोबार गर्दै आएको तर झन्डै निष्क्रिय भएको संस्था मर्ज गरी विन्दवासिनी गत चैत्रदेखि काठमाडौँ पसेको हो । नयाँ बानेश्वरको सिर्जनशील बचत तथा ऋण सहकारीलाई मर्ज गरी ५ जना कर्मचारी राखेर सेवा केन्द्रबाट गत साउनदेखि कारोबार भइरहेको छ ।
काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै तीनवटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । टुकुचा जागरण, धुलिखेल, बनेपा जनमैत्री सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।
कुपोन्डोलमा रहेको सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाको उपत्यकामा ५ वटा सेवा केन्द्र छन् । घण्टाघर, मैतिदेवी, चाबहिल, लुभु र मध्यपुर ठिमीमा सेवा केन्द्र खोलिएका छन् ।
त्यसै गरी कुमारीपाटीको स्टार बचत तथा ऋण सहकारी संस्थाका उपत्यकामा ४ वटा सेवा केन्द्र छन् । कालिमाटी, न्यूरोड, सल्लाघारी, सामाखुसीमा शाखा खोलिएको संस्थाको वेभसाइटमा उल्लेख छ ।
पुल्चोकमा रहेको श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरको गोदावरी, काठमाडौँको चाबहिल, भक्तपुरको कौशलटार, चितवनको खैरहनीमा सदस्य सुविधा काउन्टर सञ्चालनमा ल्याएको छ ।
स्वयम्भुमा रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले ५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कीर्तिपुर र कलकींमा सेवा केन्द्र स्वीकृति लिइसकेको छ । तर कार्यालय सञ्चालन भई नसकेको सचिव नवराज अर्यालले बताए । कोभिडका कारण काम गर्न नसकिएको र सहज हुनासाथ सेवा केन्द्रको कार्यालय खुल्ने उनले जानकारी दिए ।
बसुन्धारामा रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाको बुढानिलकण्ठ, फर्पिङ र तार्केश्वर र तीनपिप्लेमा सेवा केन्द्र सञ्चालनमा छन् ।
कुमारीपाटीमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको उपत्यकामा चाबहिल, कोटेश्वर, सूर्यबिनायक र खिचापोखरीमा सेवा केन्द्र खोलिएका छन् ।
न्युरोडमा रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी गोगंबु, चाबहिल, तीनकुने, कालिमाटी, लगनखेल, हात्तिगौडा, भक्तपुरमा गरी ७ वटा सेवा केन्द्र सञ्चालनमा छन् ।
बालाजुमा रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको कालिमाटी, न्यूरोड, चाबहिल र जोरपाटीमा सेवा केन्द्र खोलिएको छ ।
गोगंबुमा रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाको उपत्यकामै ६ वटा सेवा केन्द्र संचालनमा छन् । हात्तिगौडा, चाबहिल, गल्फुटार, कलकीं, कोटेश्वर, टोखामा सेवा केन्द्र खोलिएका छन् ।
खिचापोखरीमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको मैतीदेवी र काडाघारीमा सेवा केन्द्र छन् । जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको बौद्ध, साखु, नयाँबजार र काडाँघारीमा सेवा केन्द्र खोलिएका छन् ।
कान्तिपुरको कलकीं, गोगंबु, चाबहिल, जोरपाटी, ललितपुरको लुभु र सात दोबाटो, भक्तपुरको राधे राधे, काभ्रेको भकुन्डे बेसी र पाँचखालमा एक्सटेन्सन काउन्टर खोलेको छ । जबकि सहकारीका कुनै पनि कानुनमा एक्सटेन्सन काउन्टर खोल्न सकिने प्रावधान छैन । तैपनि खुलेआम एक्सटेन्सन काउन्टरका नाममा सर्वसाधारण सँग कारोबार भइरहेको छ ।
स्वयम्भुमा रहेको हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थाले ५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । कीर्तिपुर र कलकींमा सेवा केन्द्र स्वीकृति लिइसकेको छ । तर कार्यालय सञ्चालन भई नसकेको सचिव नवराज अर्यालले बताए ।
कोभिडका कारण काम गर्न नसकिएको र सहज हुनासाथ सेवा केन्द्रको कार्यालय खुल्ने उनले जानकारी दिए । स्वयम्भु मै ३ वटा सेवा केन्द्र सञ्चालन भएको पछिल्लो समयमा स्वयम्भुको शिक्षा सेवा केन्द्रलाई क्षेत्र पाटी सेवा केन्द्रमा गाभिएको छ ।
हाम्रो एकीकृतको बौद्धमा आमा सेवा केन्द्र, स्वयंम्भुमा सहभागिता सेवा केन्द्र, माछा पोखरीमा जीविकोपार्जन सेवा केन्द्र, महाराजगन्जमा पिस ल्यान्ड सेवा केन्द्र, सञ्चालनमा छन् ।
मीन भवनमा रहेको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको रत्नपार्क, न्यूरोड, जाउलाखेल र बनेपामा शाखा छन् । कान्तिपुरको कलकीं, गोगंबु, चाबहिल, जोरपाटी, ललितपुरको लुभु र सात दोबाटो, भक्तपुरको राधे राधे, काभ्रेको भकुन्डे बेसी र पाँचखालमा एक्सटेन्सन काउन्टर खोलेको छ ।
जबकि सहकारीका कुनै पनि कानुनमा एक्सटेन्सन काउन्टर खोल्न सकिने प्रावधान छैन । तैपनि खुलेआम एक्सटेन्सन काउन्टरका नाममा सर्वसाधारण सँग कारोबार गरीरहेको छ ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका उपत्यकामा मात्र ९ वटा कार्यालय रहेका छन् ।
त्यसै गरी चन्द्रागिरि बचत तथा ऋण सहकारीले पछिल्लो समय सहकारी मर्ज गरी ललितपुरमा सेवा केन्द्र विस्तार गरेको छ । यी माथिका केही उदाहरण हरू बागमती प्रदेशका सहरमुखी र ठुला संस्थाका मात्र हुन् ।
प्रदेशमा रहेका ठुला संस्था मात्र हैन भर्खरै स्थापना भएका संस्थाले पनि सेवा केन्द्र विस्तारको स्वीकृति लिएरै स्थापना गरेको पाइन्छ । सहकारीका सेवा केन्द्र विस्तारमा देखिएको जागरूकता केही सहकारीका आवश्यकता हो भने अधिकांश सहकारीको सदस्यलाई सेवा दिने भन्दा पनि पैसा सङ्कलन र निजी व्यवसायमा लगानी गर्ने देखिन्छ ।
Leave a comment