हाइलाइट

सगुन साकोस सर्लाहीको २ लाख ५३,२२२ रुपैयाँ उद्धार कोषमा योगदान

सगुन साकोस सर्लाहीको २ लाख ५३,२२२ रुपैयाँ उद्धार कोषमा योगदान :: Sahakari Akhabar

काठमाडौं । सर्लाहीको हरिवन मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी पिडितकालागि कोषमा २ लाख ५३ हजार २२२ रुपैयाँ योगदान गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट २ लाख २२ हजार २२२ रुपैयाँ र कर्मचारीहरुको तर्फबाट ३१ हजार रुपैयाँ गरी दुई लाख ५३ हजार २२२ रुपैयाँ सहयोग गरेको हो।

बाढिबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको हो । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल र प्रबन्धक रविन्द्र रानाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सहकारिताको मर्म र सिद्धान्तलाई आत्मसात् गर्दै समुदायमा आधारित सदस्य केन्द्रित सगुन साकोसले सामुदायिक विकास कोषमार्फत राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको जनाएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको संस्थाले जनाएको छ ।

सगुन साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000