हाइलाइट

जिल्ला सहकारी संघ काभ्रेबाट राहतकोषमा १ लाख ५९,५०० सहयोग

जिल्ला सहकारी संघ काभ्रेबाट राहतकोषमा १ लाख ५९,५०० सहयोग :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५९ हजार ५ सय रुपैंयाँ सहयोग गरेको छ । संघले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा संघको संयुक्त योगदानबाट उक्त रकम उद्धार कोषमा सहयोग जम्मा गरेको जनाएको छ ।

यसैगरी, जिल्लास्थित सम्पूर्ण सहकारी संघ र संस्थाहरूलाई आफ्नो आर्थिक क्षमता तथा सामथ्र्य अनुसार “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिदिनुहुन अपिल पनि गरेको छ । साथै संघले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय क्षति, धनजनको अकल्पनीय नोक्सानी, भौतिक संरचना तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोक गहिरो दुःख व्यक्त गरेको छ ।

प्रभावित परिवार तथा समुदायको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुयाउनु सम्पूर्ण सहकारी क्षेत्रको सामाजिक उत्तरदायित्व समेत भएको संघका अध्यक्ष अमन पोटेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यस मानवीय कार्यमा यहाँहरूको सहयोग, सद्भाव र सहभागिताले विपद् प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास संघले लिएको छ ।



Leave a comment