काठमाडौं । महाकाली ४ दार्चुलामा रहेको केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११हजार १११ रुपैयाँ योगदान गरेको हो ।
राहत तथा उद्धारका लागि सरकारले गरेको सहयोग आव्हानलाई आत्मसाथ गर्दै संस्थाले विपद्का कारण प्रभावित नागरिकहरुको राहत उद्धार तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले बताए ।
कोषमा सहकारीका सदस्य, संचालक समिति तथा विभिन्न उपसमिति र कर्मचारीहरुको तर्फबाट ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको उनले जनाए । साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
गत भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवालगायतका प्रभावित क्षेत्रमा अकल्पनीय भौतिक तथा मानवीय क्षति भएकोप्रति संस्थाले गहिरो दुःख व्यक्त गरेको छ ।
Leave a comment