हाइलाइट

सहकारी बैंकद्धारा लेखा समितिलाई तालिम

सहकारी बैंकद्धारा लेखा समितिलाई तालिम :: Sahakari Akhabar

नवलपरासी २ जेठ । राष्ट्रिय सहकारी बैंकको बर्दघाट शाखाले सहकारीमा लेखा समितिको भूमिका विषयक एक दिने तालिम सम्पन्न गरेको छ ।

बैकको बर्दघाट शाखा अन्तरगतका सहकारी संघ संस्थाका लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो ।

तालिममा सहकारीमा लेखा समितिको भूमिका विषयमा बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए । बैंकका सञ्चालक माधवलाल देवकोटाले स्वागत गरेको तालिम कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गरेकी थिइन् । 



Leave a comment