अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न नवजीवन सहकारीको १० लाख सहयोग

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न नवजीवन सहकारीको १० लाख सहयोग :: Sahakari Akhabar

धनगढी । अक्सिजन कन्सन्ट्रेटर खरिद अभियानमा नवजीवन सहकारी संस्था धनगढीले आर्थिक सहयोग गरेको छ । संस्थाले रोटरी क्लबले थालेको अभियानमा १० लाख आर्थिक सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष चक्रबहादुर सिंहले कोरोना सङ्क्रमितको जीवनरक्षाका लागि सहयोग गर्ने हेतुले संस्थाले सहयोग गरिएको बताए ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवनरक्षाका लागि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १०० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पतालहरूलाई वितरण गर्ने क्लबले जनाएको छ ।

सोही अभियानका लागि क्लबलाई एक करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरे अनुसार सहकारीले रकम उपलब्ध गराएको हो ।



Leave a comment