कार्यालय पूर्णरुपमा बन्द गर्न कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको अपिल

कार्यालय पूर्णरुपमा बन्द गर्न कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीको अपिल :: Sahakari Akhabar

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीले सहकारी संघसंस्थाहरुको कार्यालय पूर्णरुपमा बन्दगरी सम्पर्क ब्यक्ती मार्फत सेवा दिन आग्रह गरेको छ ।

क्लवले सूचना प्रकाशन गरी कोरोना भाइरसको दोश्रो लहरले कास्की जिल्ला पनि अति प्रभावित भएको भन्दै कार्यालय बन्द गर्न आग्रह गरेको हो ।

क्लवले जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १ गते देखि ७ गतेसम्म गरेको निषेधाज्ञामा सहकारी संस्थाहरुले प्रविधिको प्रयोग गर्न र सम्पर्क ब्यक्तीको नम्वर कार्यालय तथा सामाजीक सञ्जाल मार्फत जानकारी गराउन आग्रह गरेको छ ।

क्लवका सचिव हरिप्रसाद पन्थीको हस्ताक्षर रहेको अपिलमा सदस्यहरुलाई नियमित सम्पर्क गरी आर्थिक तथा स्वास्थ्य अवस्था समेत बुझेर सहयोग गर्न अनुरोध गरिएको छ ।




Leave a comment