नवलपुरका सहकारीकर्मीलाई सुशासन तालिम    

नवलपुरका सहकारीकर्मीलाई सुशासन तालिम     :: Sahakari Akhabar

नवलपुर, २९ बैशाख । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखा नवलपुरको आयोजनामा सहकारीमा सुशासन विषयक एक दिने तालिम बुधवार सम्पन्न भएको छ ।

सहकारीहरुलाई दीगो रुपमा सञ्चालनका लागि सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन, नीति नियमहरुको पूर्ण पालना तथा व्यवसायिक रुपमा व्यवस्थित गराउने उदेश्यले तालिमको आयोजना गरिएको बैंकले जनाएको छ ।

भर्चुअल सञ्चालन भएको तालिममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारीहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरी सहकारीमा सुशासन हुदैन भन्ने आरोपलाई गलत सावित गर्नु पर्नेमा जोड दिए ।

कोरोना संक्रमणका कारण सहकारीलाई पनि प्रविधिमैत्री बनाउनु पर्ने चुनौती थपिएको भन्दै अध्यक्ष उप्रेतीले सहकारीबाट गरिने व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन सहकारी बैंकले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय सहकारी बैंक कावासोती शाखा समन्वय उप–समितिका संयोजक तिलक पराजुलीले संकटमा सहकारीको भूमिका थप प्रभावकारी बनाउनका लागि सबैको सक्रियता आवश्यक रहेको बताए ।

तालिममा बैंकका शिक्षा तथा तालिम विभागका अधिकृत नारायण बेलवासेले सहकारीमा सुशासन कायम गर्नका लागि सुशासनका विशेषता लगायत सञ्चालक, लेखा सुपरीवेक्षण समिति, कर्मचारी र शेयर सदस्यको भूमिका लगायतका विषयमा  सहजीकरण गरेका थिए ।




Leave a comment