अत्यन्त जरुरी बाहेकका सेवा बन्द गर्न सहकारी विभागको निर्देशन

अत्यन्त जरुरी बाहेकका सेवा बन्द गर्न सहकारी विभागको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । संघिय सहकारी विभागले सहकारीलाई अती जरुरी बाहेकका सवै सेवा बन्द गर्न सहकारीहरुलाई निर्देशन दिएको छ ।

सहकारी विभागले आज (२९ )गते सूचना प्रकाशन गरी अत्याबश्क सेवा बाहेकका कार्य बन्द गर्न भनेको हो । विभाले प्रशासनको सहयोगमा र कम जनशक्तीको प्रयोगमा अत्यन्त जरुरी सेवा मात्र संचालन गर्न भनेको छ ।

विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलको हस्ताक्षर रहेको पत्रमा स्वास्थ्य पुर्वाधारको ब्यवस्थापनमा राज्यलाई सहयोग गर्न समेत आग्रह गरेको छ । विभागले कोरोना जोखिमबाट जोगाउन र थप क्षती हुन नदिनका साथै कोरोना नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ ।




Leave a comment