बचत तथा ऋण सहकारी संघ २८ औं बर्षमा प्रवेश

बचत तथा ऋण सहकारी संघ २८ औं बर्षमा प्रवेश :: Sahakari Akhabar

चीना थापा, विराटनगर । जिल्ला बचत तथा ऋण सहकारी सघ मोरङ २८ बर्षमा प्रवेश गरेको छ । कोरोनाका कारण स्थापना दिवसका कार्यक्रम गर्न नसकिएको अध्यक्ष सोमनाथ निरौलाले बताए ।

जिल्लामा रहेका ६०२ बचत तथा ऋण सहकारी मध्ये संघमा २ सय ९७ संस्था आवद्ध भएको अध्यक्ष निरौलाले बताए । संघमा धेरै सहकारीलाई आवद्धता गराउन नसकेको निरौलाले बताए । संघमा आवद्ध गराउन आफुहरुले प्रयास गरिरहेको र प्रयास गर्दा गर्दै सोचे अनुसार उपलब्धि हासिल गर्न नसकेको उनको भनाई छ ।

संघको मुख्य कार्यालय मोरङको बेलवारीमा रहेको छ भने विराटनगरमा सेवा केन्द्र रहेको छ । संघ २८ औ  बर्षमा प्रवेश गरेको अवसरमा संघका अध्यक्ष सोमनाथ निरौला तथा सचिव एकराज निरौलाले विज्ञप्ती जारीगरी संघमा आवद्ध सदस्य कर्मचारी तथा सरोकारवालामा शुभकामना ब्यक्त गरेका छन् ।

कार्यालय सञ्चालनमा समय निर्धारण

जिल्ला बचत तथा ऋण सहकारी संघले समय निर्धारण तथा सम्पर्क व्यक्ति पनि तोकेर सेवा दिईरहेको छ । संघले मुख्य कार्यालय तथा सेवा केन्द्र विहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन गर्ने जनाएको छ ।

मुख्य कार्यालय बेलवारीका लागि केदारनाथ दुलाल र रामकुमार दाहाललाई सम्पर्क ब्यक्ती तोकेको छ भने सेवा केन्द्र विराटनगरका लागि यमनाथ निरौलाई तोकेको छ । कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न भनिएको संघका अध्यक्ष सोमनाथ निरौलाले बताए ।

सदस्य संस्थालाई पनि सम्पर्क व्यक्ति तोकी सेवा दिन अपिल

संघले सदस्य संस्थाहरुलाई पनि अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति तोकि सदस्यहरुलाई सेवा दिन अपिल गरेको छ । बढ्दो कोरोना संक्रमण र जारी निषेधाज्ञाका कारण धेरै सहकारीहरुलाई आफ्ना सदस्यलाई सेवा दिन समस्या परिरहेको छ ।

संघले विज्ञप्ती जारी गरी कार्यालयबाट सेवा दिदा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गराउन अनुरोध गरेको छ । संघका सचिव एकराज निरौलाले सहकारी कार्यालयमा माक्स, सेनिटाईजर र हात धुने व्यवस्था गराउन संघले अपिल गरेको बताए ।

सहकारीमा आलोपालो प्रणालीमा कर्मचारी उपस्थित गराई काम गराउन, सदस्यको चापलाई हेरी र स्थानिय पालिकाले जारी गरेको सूचनालाई पालना गरि कार्यालय समय निर्धारण गर्न, बैठक तथा छलफल गर्नुपरेमा प्रविधिको प्रयोग गरी भर्चुअल माध्यमबाट गर्न, सदस्यलाई कोरोना संक्रमण भएमा समन्वयकारी भुमिका निर्वाह गर्न ।

त्यसैगरी कार्यालयमा काम गर्न कर्मचारीलाई कोरोना संक्रमण भएमा कार्यालय बन्द गरी अन्य कर्मचारीलाई संक्रमण पुष्टि भए नभएको एकिन गरेर मात्र कार्यालय संचालन गर्न संघले अपिल गरेको छ ।

त्यस्तै आवश्यक तरलताको व्यवस्थापन गर्न, स्वास्थ्य मन्त्रालय, सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ लगायत नियमक निकाय र छाता संघहरुले जारी गरेको अपिललाई पालना गर्न संघले विज्ञप्ती जारी गरेको छ ।




Leave a comment