हाइलाइट

धन्य ! अङ्क एकको सहकारी नेता भइएनछ

धन्य ! अङ्क एकको सहकारी नेता भइएनछ :: Sahakari Akhabar

तर पनि किन नभएको भन्ने सोच्नु भएको होला ! हैन ? सहकारीलाई समस्या पर्दा दुलो पस्ने काम गर्न अङ्क एक किन थपिइरहनु पर्‍यो । काम गर्न नसकेपछि सामाजिक सञ्जालमा फोटो पोस्ट्याएर चित्त बुझाउन, बकम्फुसे स्ट्याटस लेखेर भ्रम छर्न अङ्क एक किन थपिइरहनु पर्‍यो । सदस्यको पैशाले डाडामा ताण्डव देखाउन उती बिधि जाती लागेन । त्यसैले धन्न ! सहकारी नेता भइन । हुन त एक नम्बरको हुने कसको पो चाहना हुन्न र ! तर सहकारी नेताको सख्या थपमा अङ्क एक थप्ने रहर छ की ! कतै तपाइलाई सहकारी नेता बन्ने रहर जागेको छ की ! छ भने अङ्क एक थपेर १५ लाख १ बन्ने की !

संविधानले अर्थतन्त्रको एउटा खम्बा मानेको सहकारी क्षेत्र । २९ हजार ८८६ सङ्घ संस्था भएको क्षेत्र । ७३ लाख ७ हजार ४६२ मानिस आबद्ध भएको क्षेत्र । निम्न देखि उच्च वर्गको सहभागिता रहेको क्षेत्र । ७७ वटै जिल्लामा पहुँच भएको क्षेत्र ।

२१ वटा केन्द्रीय सङ्घ, सहकारी बैङ्क, सिङ्गो महासङ्घ त्यसै गरी प्रदेश सङ्घ, प्रदेश विषयगत सङ्घ, जिल्ला सङ्घ, जिल्ला विषयगत सङ्घलगायत नगर, वडा स्तरीय समन्वय सञ्जाल रहेको क्षेत्र ।

जनप्रतिनिधि देखि उच्च तहका नेता र पार्टीका कार्यकर्ता सहभागी रहेको क्षेत्र । धेरै पार्टीका कार्यकर्ता र नेता जन्माएको क्षेत्र । कमी छ त ? सहकारीमा नेताको ! देशमा रहेका झन्डै ३० हजार सहकारीमा प्रत्येक संस्थामा सात जना सञ्चालक र तीनजना लेखा समितिका गरी जम्मा ३ लाख प्रारम्भिक नेता ।

एक्काइसवटा केन्द्रीय विषयगत सङ्घ भएपछि एक्काइस थरी सहकारी रहेछन् भन्ने बुझ्न सकिन्छ । एक्काइस वटा केन्द्रीय विषयगत सङ्घका प्रत्येक सङ्घमा १८ जना लेखा समिति सहितका सञ्चालकको हिसाब गर्दा ३ सय ७८ केन्द्रीय स्तरका नेता । वर्तमान अवस्थामा प्रदेश सङ्घ स्थापना पनि भएका छन् । ७ प्रदेशका सङ्घमा १८ जनाको हिसाबले १२६ जना प्रदेशस्तरीय नेता ।

अहिलेको अवस्थामा जिल्ला सहकारी सङ्घ २ सय ६० वटा, प्रत्येक सङ्घमा १८ जना सञ्चालकका दरले ४ हजार ६८० जिल्ला स्तरीय नेता । त्यसै गरी ७ प्रदेशमा विषयगत सङ्घ स्थापना हुँदा एक्काइस वटा विषयका १ सय ४७ वटा सङ्घ तीनका १८ जना सञ्चालकका दरले २ हजार ६ सय ४६ जना प्रदेशस्तरीय विषयगत नेता ।

सहकारी विभागले पछिल्लो समय अल्छी नगरी राखेको रेकर्ड अनुसार तीस हजार संस्थाका दोहोरो तेहरो सदस्यलाई छाडेर दसौँ पन्ध्रौँ सम्मको लेखा नराख्ने हो र सख्याकाे निसाव पछि गर्ने गरी हिसाब गर्ने हो भने ७० लाख सदस्य ।

७० लाख सदस्यको प्रारम्भिक, जिल्ला स्तरीय, प्रदेशस्तरीय र केन्द्रीय स्तर तथा विषयगतका गरी कूल ३ लाख ७ हजार ८३० जना नेता । त्यत्तिकै मात्रामा संस्थापक, निवर्तमान, भविष्यका र सल्लाहकारको हिसाब गर्दा १२ लाख ३१ हजार ३२० जना सहकारी नेताको हिसाब निक्लन्छ ।

महासङ्घका १८ र सहकारी बैङ्कका १८ जना गरी वर्तमान ३६ जना । भूतपूर्व ३६ जना र भविष्यका ३६ जना । त्यसै गरी संस्थापक पनि ३६ निवर्तमान पनि ३६ जना गरी जम्मा नौ बिसे बडेमानका नेताको उत्पत्ति भएको देखिन्छ । यस हिसाबले मोटामोटी चानचुन र ढक्कै गरेर १५ लाख सहकारी नेताको उत्पादन भएको यो क्षेत्रमा धन्न ! सहकारी नेता हुने चेष्टा गरिएनछ । गरेको भए १ थप हुन्थ्यो होला । हुन त अङ्क एक थपिएर राज्यलाई के नै भार हुन्थ्यो र ।

त्यस बाहेक दसौँ पटक सञ्चालक समितिको निर्वाचन गरेर सयौँ नेता उत्पादन गरिसकेका सहकारी सङ्घ संस्थाहरूको लेखा जोखा गर्न बाँकी नै छ । उनीहरूको पनि गणना चाहिँ हुनु पर्छ भन्ने लाग्छ । सहकारी नेता त्यति मात्र हैनन् अझ बडेमानका नेताको हिसाब गर्न पनि अल्छी गर्न भएन ।

त्यो के हो भने, सहकारी महासङ्घ र सहकारी बैकको भूतपूर्व, निवर्तमान र स्थापकको पनि त हिसाब गर्नै पर्‍यो । तिनीहरूको सङ्ख्या पनि त्यति नै मात्रामा र अहिले, पहिले र कहिल्यै सञ्चालकमा नअटाएका तर सल्लाहकारमा अटाएका र भविष्यमा हुन लागेका अनि सार्क राष्ट्रिय, एसियाली स्तरकाको लेखा राखे पछि अन्तर्राष्ट्रिय स्तरका छुटाउनै मिलेन नी ।

महासङ्घका १८ र सहकारी बैङ्कका १८ जना गरी वर्तमान ३६ जना । भूतपूर्व ३६ जना र भविष्यका ३६ जना । त्यसै गरी संस्थापक पनि ३६ निवर्तमान पनि ३६ जना गरी जम्मा नौ बिसे बडेमानका नेताको उत्पत्ति भएको देखिन्छ ।

यस हिसाबले मोटामोटी चानचुन र ढक्कै गरेर १५ लाख सहकारी नेताको उत्पादन भएको यो क्षेत्रमा धन्न ! सहकारी नेता हुने चेष्टा गरिएनछ । गरेको भए १ थप हुन्थ्यो होला । हुन त अङ्क एक थपिएर राज्यलाई के नै भार हुन्थ्यो र ।

तर पनि किन नभएको भन्ने सोच्नु भएको होला ! हैन ? सहकारीलाई समस्या पर्दा दुलो पस्ने काम गर्न अङ्क एक किन थपिइरहनु पर्‍यो । काम गर्न नसकेपछि सामाजिक सञ्जालमा फोटो पोस्ट्याएर चित्त बुझाउन, बकम्फुसे स्ट्याटस लेखेर भ्रम छर्न अङ्क एक किन थपिइरहनु पर्‍यो ।

सदस्यको पैशाले डाडामा ताण्डव देखाउन उती बिधि जाती लागेन । त्यसैले धन्न ! सहकारी नेता भइन । हुन त एक नम्बरको हुने कसको पो चाहना हुन्न र ! तर सहकारी नेताको सख्या थपमा अङ्क एक थप्ने रहर छ की ! कतै तपाइलाई सहकारी नेता बन्ने रहर जागेको छ की ! छ भने अङ्क एक थपेर १५ लाख १ बन्ने की !



Leave a comment