हाइलाइट

‘तस्बिर आफै बोल्छ’

‘तस्बिर आफै बोल्छ’ :: Sahakari Akhabar

निन्छ शब्दमा व्यक्त गर्न नसकिएका कुराहरू तस्बिरले बोल्छ । एउटा तस्बिरले हजार शब्दको व्याख्या गर्छ रे । त्यसैले तस्बिर लाइ व्याख्या गरिरहनु पर्दैन । किनकि तस्बिर आफै बोल्छ ।

माथिको एउटा तस्बिरले धेरै कुरा बोलेको छ भन्न हिचकिचाउनु पर्छ जस्तो लाग्दैन । किनकि माथि देखिएको अनुहारहरू सहकारी क्षेत्र कालागि नयाँ पक्कै हैनन् ।

नयाँ हुन् त केवल एउटा अनुहार, सङ्घीय सहकारी विभागका नव रजिस्ट्रार । तस्बिरमा सबैभन्दा अगाडी खादा लगाएर बसेका दुई जना सहकारी विभागका रजिस्ट्रार लाई सहकारी बैङ्कले आउँदै गरेको र जाँदै गरेको भनेर भर्खरै स्वागत तथा बिदाइ ग‍र्यो ।

त्यो पनि सहकारी विभागको कार्यालयमा नभएर सहकारी बैङ्कको कार्यालयमा बोलाएर । तस्बिरले त्यसै भन्छ । एउटा नियमक निकाय आफूले नियमन गर्ने संस्थामै गएर सम्मान तथा पुरस्कार लिन मिल्छ ? त्यो खुट्याउने जिम्मा तपाई पाठकहरूको हो है ।

नयाँ बानेश्वरको रातो घर (सहकारी विभाग) मा कुनै रजिस्ट्रारको आगमन भयो कि सहकारी अभियानका अगुवाहरूलाई सधैँ एउटा हतारो हुन्छ । खादा र माला लगाएर सहकारीको पाठ पढाउने ।

तर यो पटक त्यो शैली फेरिएको तस्बिरले बोल्यो । नियम निकायका हाकिम आफैले अनुगमन गर्ने संस्थामा पुगेर खादा र माला ग्रहण गरेर सहकारी सिक्ने नयाँ शैली आएछ ।

नियमक निकायकै आडमा रहेर जथाभाबी संस्था दर्ता र अनुमति दिने काम भयो भन्नेहरु पनि कम छैनन् । उनीहरू सहकारीका साधारण सभा आउँदै गर्दा खाम बन्दीको परम्परा नै बसाले पनि भन्छन् । सहकारी प्रवद्र्धन र सहयोगका नाममा उ बेलाको सहकारी विभाग र डिभिजन कार्यालयका कर्मचारीले नै गलत बाटो देखाएको आरोप नियमकले खेपिरहेको छदैँछ ।

कुरा चैत १ गते सार्वजनिक गरेको तस्बिर को हो । नियम निकायको स्वागत र बिदाइमा देखिएको तस्बिरले एउटा प्रश्न उठाएको छ । सहकारी कसकोलागि हो सदस्य वा अरू कसैको ?

सहकारी क्षेत्र भर्खर थिति बस्ने चरणमा छ । सहकारीलाई कसरी सही बाटोमा लाने र कानुनको कार्यान्वयन गराउने भन्ने विषय अहिले प्रमुख विषय हो । नेपालको सहकारी अभियान सुन्दा जति मधुर सुनिन्छ । त्यति सहज भने छैन ।

सहकारीबाट ठगिएको, निक्षेप फिर्ता नदिएको, व्याज बढी लिएको गुनासो एकातिर सदस्यको छँदै छ । सञ्चालकहरू कार्यक्षेत्र थप्ने, सेवा केन्द्र खोल्ने, कार्यक्षेत्र परिवर्तन गर्ने, आफू अनुकूल विनियम संशोधन गर्ने ध्याउन्नमा छन् ।

नियमक निकायकै आडमा रहेर जथाभाबी संस्था दर्ता र अनुमति दिने काम भयो भन्नेहरु पनि कम छैनन् । उनीहरू सहकारीका साधारण सभा आउँदै गर्दा खाम बन्दीको परम्परा नै बसाले पनि भन्छन् ।

सहकारी प्रवद्र्धन र सहयोगका नाममा उ बेलाको सहकारी विभाग र डिभिजन कार्यालयका कर्मचारीले नै गलत बाटो देखाएको आरोप नियमकले खेपिरहेको छदैँछ ।

प्रश्न अर्का पनि छ, नियमन निकायले सदस्यको कुरा सुन्ने, उनीहरूको पहिचान गर्ने की, ठुला संस्थाका कार्यालय र सहकारीका सम्भ्रान्तमा खादा र मालाको अपेक्षा गर्ने ? की कसाे त !



Leave a comment