Sahakari Akhabar

पूर्वमा चम्किदै सहारा नेपाल 

पूर्वमा चम्किदै सहारा नेपाल  :: Sahakari Akhabar

 संस्थाको सेयर पूँजी १ अर्ब ४० करोड ४४ लाख ६२ हजार ८ सय छ । संस्थाले ७ अर्ब ३१ करोड ५८ लाख ११ हजार २ सय ७१ रुपैयाँ बचत संकलन गरी ८ अर्ब २४ करोड ५८ लाख ८१ हजार ४ सय ८९ रुपैयाँ कर्जा र ६० करोड १७ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बाह्य लगानी गरेको छ । 

झापा । बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था पूर्वी क्षेत्रमा चम्किदै गएको छ । संस्थाले लघुवित्त कार्यक्रम, नवीकरणीय उर्जा, सामुदायिक विकास, कृषि, रेमिट्यान्स, बिमालगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । 

२०५२ को अन्तिमतिर ३३ जनाले ३४ हजार रकम जम्मा गरी सुरु गरेको सहारा नेपाल प्रदेश १ का ६ जिल्लामा पुगेको छ । हाल संस्थाका १ लाख ४८ हजार ५३ जना सेयर सदस्य छन् ।  संस्थाले ५ सय २ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले १ लाख ४८ हजार सदस्यमध्ये ७४ हजार ६ सय १२ जना ऋण दिई स्वरोजगारमा संलग्न गराइएको बताए । संस्थाले सदस्यलाई विभिन्न प्रकारका आयमूलक, सीपमूलक तथा उद्यमशील तालिममार्फत रोजगारीको सृजना गर्ने गरिएको सचिव महेन्द्रकुमार गिरीले बताए । 

संस्थाले २ हजार ५ सय युवालाई सहुलियतमा ऋण दिई अटो व्यवसायी बनाएको छ । सचिव गिरीका अनुसार अटोबाट प्रत्यक्ष स्देशमा रोजगार पाएर युवाहरु विदेश पलायन हुनबाट रोकिएको बताए । संस्थाले साइनो हाम्रो सहारामार्फत ६० घर परिवारलाई उद्यमी बनाई स्वरोजगारको सृजना गरेको छ । बाख्रा तथा कुखुरामा मूल्य श्रृखला मोडलमा     २० हजारलाई रोजगार सृजना गर्ने लक्ष्यको साथ कार्य हुदै गरेको संस्थाका सहकाय निर्देशक दिनेश निरौलाले बताए । संस्थाको सेयर पूँजी १ अर्ब ४० करोड ४४ लाख ६२ हजार ८ सय छ । संस्थाले ७ अर्ब ३१ करोड ५८ लाख ११ हजार २ सय ७१ रुपैयाँ बचत संकलन गरी ८ अर्ब २४ करोड ५८ लाख ८१ हजार ४ सय ८९ रुपैयाँ कर्जा र ६० करोड १७ लाख ७६ हजार ४ सय ४५ रुपैयाँ बाह्य लगानी गरेको छ । 

संस्थाको जगेडा कोषमा ७८ करोड ४९लाख ५६ हजार २४४ रुपैयाँ र अन्य कोषमा ६ करोड ८३ लाख ७४ हजार ५ सय ५८ रुपैँया जम्मा गरेको छ । संस्थाले गत आवमा १६ करोड ५८ दाख ९० हजार ८ सय ३१ रुपैयाँ नाफा गरेको छ । संस्थाका सचिव गिरीले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, कृषि पशु व्यवसाय प्रवद्र्वन, संस्थागत विकास, संस्कार र संस्कृति जगेर्ना सामुदायिक विकास, सुशासन, सूचना तथा सञ्चार क्षेत्रमा प्रभावकारी काम गर्ने योजना बनाएको बताए । 



Leave a comment