हाइलाइट

म...ज्यू पुनः अध्यक्षमा

म...ज्यू पुनः अध्यक्षमा :: Sahakari Akhabar

संस्थाकै भएपनि म..ज्यूले जन्मदिनको शुभकामनाको फोटो पोष्ट्याएपछि सवैले मान्ने नै भए । नियामककोमा फाइल बुझाइरहनु पर्ला र ? संस्थामा अनुगमन आउने हैन, आएपनि पार्टीको पावर छ पावरले पुगेन भने, धेरै करकर गरे भने मुद्धा हालिदिन्छौं कानुन हाम्लेपनि जानेका छौं नी । कि कसो त ! 

खिला दाहाल

आर्थिक वर्षको आधाको अन्त्यसम्ममा सहकारीको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने कानुनी उर्दीलाई कतिले शिरोपर गर्लान ! किनकी आर्थिक वर्षको आधाको पनि अन्त्येष्ठी हुन एक सातामात्र बाँकी छ । तपाई अनुमान लगाउँदै गर्नुस् म, हिसावबाट निसाफ निकाल्छु । सहकारीकोलागि भूत बनेको नियामकले खाई नखाई गरेको मेहनतबाट ३४ हजारको संख्यामा रहेको सहकारीलाई तीन वर्षपछि २९ हजारमा झारेको झिनो तथ्याङ्क झारो टार्न ल्याएको नसम्झनुहोला ।

सहकारी संख्या घटाए जस्तै सहकारीका विकृति पनि घटाउन ल्याएको भन्ने सम्झनु नै बेस हुनेछ । आधुनिक प्रबिधिबाट सहकारीको तथ्याङ्क नआएपनि तीन वर्षपछि म्यानुअलमै मन बुझाउनु पर्ने तथ्य चाँही आएको छ । सहकारीको डाटा सार्वजनिक नगरी मरिन्छ की ! स्वर्गमा शान्तिको सास फेर्न नपाइएला की ! भन्ने चिन्ता भएका वर्तमान नियामकको अपुरो ईच्छा भने पुरा भएको छ । सहकारीका नेतालाई त झन नयाँ खुराक आएको छनी ! केही वर्षसम्म जागिर पाक्ने भयो सहकारीको नयाँ तथ्याङ्कले ।

आफूले आजिवन अध्यक्षको शुल्क तिरेकै हो, न पत्याय अस्तिको साधारण सभाले पाँचौं पटक पनि म...ज्यूलाई पुनः अध्यक्षमा भनेर फेसबुकमा फोटो पोष्ट्याएको देख्नु भएकै हो । सदस्यले प्रतिवेदन खोजे भने घरमा गएर ठिक पार्न जानेकै छु । कर्मचारीले कुरो उठाए भने जागिरको खतरा छ कुरा उठाउने कुरै भएन ।

३० हजार हाराहारीमा रहेका सहकारीले साधारण सभा कसरी कहाँ र कहिले गर्छन ? नियामकको निगरानीमा रेकर्ड रहन्छ भन्नेमा पनि शंका गर्नु हुन्छ होला हैन ? कोरनाको कचिंगलमा सहकारीका साधारणसभा पनि भत्ता लिने र भिडको भंगारमा कोरोना घर बोकेर नआउन भनेर विभागले साधारण सभा कार्यबिधि बनाइदिएको तपाईलाई पनि हेक्का छ नै होला । हो ! त्यसरी नै हुन्छन्, भए र हुनेछन् भन्ने सम्झने मात्र हो । धेरैका साधारण सभाबाट नयाँ संचालक समिति चयन गर्नु पर्ने पनि होलान ! फेसबुके सभा मार्फत प्रत्यक्ष प्रसारण गरेर नियमकलाई रेकर्ड दिनु पर्ने होला ।

प्रबिधि प्रयोगको स्विकृति पाएको छंदैछ, जुमको जमाना आएकोले जमाना अनुसार जनतालाई जानकारी पनि दिएको देखिनु पर्यो । सदस्यको घरघरमा गएर उपस्थिति लिनलाई पनि छुट छंदैछ, प्रतिवेदनलाई कोरोना लाग्यो भने पनि छुट छंदैछ । भौतिक उपस्थितिमा पनि सदस्यले कहाँ प्रतिवेदन पढ्न भ्याएका हुन् र भत्ता र भोज भएपछि हस्ताक्षर गरेकै हुन् । दुईचारवटामा नियामक साक्षी बसेकै हुन्, दुईचारवटामा पत्रकार पनि साक्षी बसेका छन् । सहकारीका नेताको त पेशै भइगयो नी । संस्थाको वेबसाइटमा राख्नुपर्ने, प्रत्यक्ष प्रसारण गर्नु पर्ने १५ दिन भित्र साधारण सभाको प्रतिवेदन भिडियो रेकर्ड सहित नियामकलाई बुझाउनु पर्ने निर्देशिका बनेकै छ । इकाइगत साधारण सभाको पनि अनुमति पाएकै हो, कोरोना भाइरसको संत्रास आएकै हो ।

पत्यार गर्नै पर्यो, लाग्दैन भने कागजपत्र हेरे भैगो कागजमा दुरुस्त छंदैछ । संस्थाको वेबसाइड, फेसबुक पेज नभएर के भो त ? अध्यक्षको ब्यक्तीगत त छ नी त्यसैमा पोष्ट्याएकै हो । संस्थाका सदस्यले हेर्न नपाएपनि घरका सदस्यले हेरेकै हुनछन् । हुन त संस्थामा पनि तिनै त हुन् नी सदस्य भने पनि संचालक भनेपनि । आफूले आजिवन अध्यक्षको शुल्क तिरेकै हो, न पत्याय अस्तिको साधारण सभाले पाँचौं पटक पनि म...ज्यूलाई पुनः अध्यक्षमा भनेर फेसबुकमा फोटो पोष्ट्याएको देख्नु भएकै हो । सदस्यले प्रतिवेदन खोजे भने घरमा गएर ठिक पार्न जानेकै छु । कर्मचारीले कुरो उठाए भने जागिरको खतरा छ कुरा उठाउने कुरै भएन ।

अरुलाई सुशासनको धम्कीपनि दिने गरेको छु । आफ्नो संस्था पो पारिवारिक त अरुकोत त्यस्तो हैन नी कि कसो त ? वर्ष दिनमा एकदिन प्रतिवेदन राख्न किन चाहियो संस्थाको वेबसाइड ? सदस्य र संचालकको जन्मदिनको शुभकामना राख्न ब्यक्तीगत फेसबुक छंदैछ । संस्थाकै भएपनि म..ज्यूले जन्मदिनको शुभकामनाको फोटो पोष्ट्याएपछि सवैले मान्ने नै भए । नियामककोमा फाइल बुझाइरहनु पर्ला र ? संस्थामा अनुगमन आउने हैन, आएपनि पार्टीको पावर छ पावरले पुगेन भने, धेरै करकर गरे भने मुद्धा हालिदिन्छौं कानुन हाम्लेपनि जानेका छौं नी । कि कसो त ! 



Leave a comment