हाइलाइट

आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ :मन्त्री, थापा मगर

आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ :मन्त्री, थापा मगर :: Sahakari Akhabar

काठमाडौं । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको मत्वपूर्र्ण योगदान रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट सोमबार उद्ध्घाटन कार्यक्रममा उनले जनतासंग भएको निष्क्रय पूँजिलाई परिचालन गर्ने देखि रोजगारी सिर्जना, आय आर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको योगदान रहेको बताए ।

अब सहकारीहरुले संकलन गरेको पूँजिलाई उत्पादनमुखी कार्यमा लगाउनु पर्छ, उनले भने । अनुदानका नाममा कतिपय काल्पनिक मानिसहरुले राज्यको स्रोत परिचालन गरेको समेत गुनासो आएको भन्दै मन्त्री थापा मगरले सहकारीमार्फत राज्यले परिचालन गर्ने बजेट लैजान सकेमा वास्तविक किसानको घर घरमा पुग्ने उनको धारणा थियो ।

गण्डकी प्रदेश सरकारले उत्पादन क्षेत्रमा काम गर्ने किसानहरुका लागि सहयोगको कार्यक्रम बनाएको छ, मन्त्री थापा मगरले भने, सहकारी बैंक र अन्य सहकारीहरुसंग मिलेर सरकारका योजना कार्यन्वयन गर्न प्रदेश सरकार तयार छ । आर्थिक विकाससंगै सामाजिक रुपान्तरणकालागि राज्यको प्रमुख सहयोगी संस्थाका रुपमा सहकारी क्षेत्रलाई अगाडि बढाउनु पर्ने बताए ।

कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सञ्चालन गरेका थिए भने बैंकका संचालक पार्वती थापा मगरले स्वागत गरेकी थिइन् ।



Leave a comment