हाइलाइट

तीर्थ साकोसको निर्वाचन सहितको १०औं वार्षिक साधारणसभा सम्पन्न

तीर्थ साकोसको निर्वाचन सहितको १०औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी विभागको निर्देशन अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पूर्ण सावधानी अपनाएर भीडभाड रहित बनाउनको लागि मंसिर १४ गते देखी २० गते सम्म सदस्यता नम्बर अनुसार उपस्थित गराएर सभा सम्पन्न गरिएको संस्थाका अध्यक्ष अनन्त श्रेष्ठले बताए ।

साधारणसभाले संचालक तथा लेखा समितिको निर्विरोध निर्वाचन गरेको छ । नव निर्वाचीत संचालक समितिको अध्यक्ष अनन्त श्रेष्ठ, उपाध्यक्ष दल बहादुर श्रेष्ठ, सचिव सिम्रन थपलिया र कोषाध्यक्ष प्रविण के.सी. रहेका छन् भने सदस्यमा उज्वल चालिसे, अन्होती लाल पण्डित र हरि बहादुर श्रेष्ठ निर्वाचीत भएका छन् ।

त्यसैगरी लेखा समितिको संयोजक महेन्द्र बहादुर श्रेष्ठ तथा सदस्यमा महमुद आलम र उमेश श्रेष्ठ निर्विरोध निर्वाचीत भएका हुन् । संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा लेखा विभागका दुर्गाप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।



Leave a comment