बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा तथा १५ औं स्थापना दिवस शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । मंसिर २० गतेबाट सुरु भएको एकाईगत साधारण सभाबाट चयन भएका प्रतिनिधीहरुको एकाई सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको हो ।
साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनुपर्ने बताए । उनले एक व्यक्ति एक सहकारीको अवधारणा अगाडी बढिरहेको समयमा सदस्यहरुको रोजाइको सहकारी बन्नको लागि आफुलाई अब्बल प्रमाणीत गर्नुपर्ने समय आएको बताए ।
साधारण सभामा बोल्दै आदर्श सञ्चार सहकारीका सल्लाहकार डिल बहादुर कार्कीले आदर्श सञ्चार सहकारी संस्थाले बचत ऋण र सञ्चार क्षेत्रमा मात्र नभएर सदस्यको जीवनस्तर बदल्नमा समेत भुमिका खेलिरहेको बताए । सभामा ओम बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्रबहादुर महत, आदर्श सञ्चार सहकारी संस्थाका जेष्ठ शेयर सदस्य देबबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल लगाएतले शुभकामना राखेका थिए ।
साधारण सभामा आर्थिक वर्ष २०७६÷७७ मा सर्वाेत्कृष्ट कारोबार गर्ने संस्थाका शेयर सदस्य कमल प्रसाद श्रेष्ठ, शंकर पाण्डे र कमल लामिछानेलाई सम्मान गरिएको छ । त्यसैगरी सबैभन्दा धेरै शेयर सदस्य बनाउँने सञ्चालक समितिको तर्फबाट अम्बिका जि.सी, उप–समितिको तर्फबाट बरेङ गाउँपालिका संयोजक जयराम शर्मा, शेयर सदस्यको तर्फबाट सुरेश प्रसाद श्रेष्ठ र कर्मचारीको तर्फबाट रुपा ढकाललाई सम्मान गरिएको थियो । यसवर्ष सहकारीले उत्कृष्ट जोडिको रुपमा शेयर सदस्य बाबुराम लम्साल र कृष्ण कुमारी लम्साल, उत्कृष्ट परिवारको तर्फबाट शेयर सदस्य चम्फा कुमारी क्षत्री, शक्तिबहादुर घर्ती क्षत्री, सागर जिसी र रेश्मा जिसीको परिवार, दिर्घकालिन बचत तर्फ चेतराम गोतामे, दिर्घकालिन बाल बचत तर्फ सोनिया जिसी, उत्कृष्ट ऋणीको रुपमा संगिता पुनलाई सम्मान गरेको छ ।
साधारण सभामा २१ जना जेष्ठ शेयर सदस्यलाई मासिक २ सयका दरले जनही २ हजार ४ सय रुपैयाँ पेन्सन वितरण गरिएको थियो । जेष्ठ शेयर सदस्य कर्णबहादुर कार्की, मती कार्की, हरिमाया श्रेष्ठ, रनबहादुर जिसी, नन्दकली जि.सी, देउकला थापा, पूर्णबहादुर कार्की, प्रेम छोटा, देबबहादुर श्रेष्ठ, हर्कबहादुर खत्री, सिन्दुर कुमारी श्रेष्ठ, जित बहादुर थापा, विश्वनाथ रेग्मी, मैना घर्ती क्षत्री, जुद्धराज पराजुली, जनकुमारी कार्की, इश्वरी प्रसाद गौतम, मिनाकुमारी पराजुली, कुल बहादुर राना मगर, काजी रोशन र तुलबहादुर केसीलाई पेन्सन वितरण गरेको थियो । सहकारीले शेयर सदस्य ममता कार्की, विना खत्री, सन्तोष पौडेल र ढालेन्द्र क्षत्रीलाई १ हजार रुपैयाँका दरले अपाङगता भत्ता वितरण गरेको छ ।
संस्थामा अहिले २ हजार ३ सय जना शेयर सदस्य, ४ करोड ७० लाख शेयर पूँजि, ३३ करोड निक्षेप र २९ करोड कर्जा लगानी रहेकोे आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटाले बताए । स्थापना दिवस तथा एकाई प्रतिनिधीहरुको सभा संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, ओम बचत तथा ऋण सहकारी संस्थाका सचिव केवी शाहीको स्वागत तथा आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
Leave a comment