हाइलाइट

सहकारीलाई ब्यावसायिक बनाऔं : सहकारीमन्त्री पौडेल

सहकारीलाई ब्यावसायिक बनाऔं : सहकारीमन्त्री पौडेल :: Sahakari Akhabar

काठमाडौं । लुम्बिनी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीलाई व्यावसायिक गराई उत्पादनमा जोड दिन आवश्यक भएको बताएकी छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा अन्र्तगत लुम्बिनी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन पछि बोल्दै उनले जनतालाई पूँजि र प्रविधिमार्फत आयआर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको भन्दै अबको सम्पूर्ण ध्यान कृषिको बजारीकरणमा लगाउनु पर्नेमा जोड दिइन् ।

प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग संचालन गरिरहेको जानकारी गराउदै उनले सहकारीलाई ब्यबसायिक गराउन सहकारी ऐन र अन्य ऐन विच तादम्यता मिलाउन आवश्यक रहेको समेत उहाको जोड थियो । अब विभिन्न प्रदेश सरकारबीचको समन्वयमा सहकारी संघ संस्थाहरुको उत्पादन लाई बजारीकरण गर्न आवश्यक भएको र लुम्बिनी प्रदेश सरकारको उत्पादन र बजारीकरणप्रति स्पष्ट धारणा तथा योजना रहेको बताइन् ।

कार्यक्रममा बैंकका अध्यक्ष के.बी.उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य तारा गुरुङले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिद सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । एकाइ सभाले सबै प्रतिवेदन सर्वसम्मत पारित समेत गरेको छ । कार्यक्रम सञ्चालक माधवलाल देबकोटाको  सञ्चालन र बैंकका संचालक तथा लुम्बिनी प्रदेशका संयोजक बिजया धितालको स्वागत गरेकी थिइन् ।



Leave a comment