हाइलाइट

शिव शिखर सहकारीको चार ठाउँमा सेवा केन्द्र विस्तार 

शिव शिखर सहकारीको चार ठाउँमा सेवा केन्द्र विस्तार  :: Sahakari Akhabar

भक्तपुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको सहकारीले चार ठाउँमा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले हेटौंडा, बाग्लुङ, अत्तरिया र सुर्खेतमा सदस्य सेवा केन्द्र उद्घाटन गरेको हो । किसानहरुका लागि आधुनिक औजार वितरण तथा कर्जाको सुविधा दिने र स्थानीय उत्पादनको ब्राण्डिङ तथा बजारीकरणमा सहयोग पु¥याउनका लागि सहकारीको सेवा केन्द्र विस्तार गरिएको संस्थाले बताएको छ ।

देशका विभिन्न जिल्लामा १८ वटा सेवा केन्द्रमार्फत आफ्नै उत्पादन र बजारीकरण तथा बचत र ऋणको कारोवार गर्दै आएको संस्थाले पछिल्लो समय तीन जिल्लामा सेवा विस्तार गरेको हो । उपकार ब्राण्डको बजारीकरण र ब्राण्डिङ गर्दै आएको सहकारीले आफ्ना सहायक ब्राण्डको रुपमा रानीमहल र बिधाता कम्पनीका उत्पादनको बजारीकरण गर्दै आएको छ ।

‘हामी सदस्यहरुको लगानी कहाँ भैरहेको छ भनेर सुरक्षित देखाउन चाहन्छौं, सोही अनुसार हाम्रो काम हुन्छ’ सेवा केन्द्र बागलुङका प्रमुख विष्णु प्रसाद भुसालले भने ‘सेवा केन्द्रले छिट्टै मार्ट सञ्चालनमा ल्याउँछ, उपकार ब्राण्डका खाद्य सामग्री तथा कृषि औजारको बजारीकरण बागलुङमा सहकारीले सुरु गर्नेछ ।’

झण्डै १५ करोड लगानीमा मिनीमार्ट सञ्चालनको तयारी थालेको सापकोटाले बताए । शुक्रबार सहकारीको सेवा केन्द्र उद्घाटन गर्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले सहकारीले उद्देश्य अनुसारका काम गर्दा आर्थिक क्रियाकलाप र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने बताए । संस्थाले चाँडैनै अन्य जिल्लामापनि सेवा केन्द्र बिस्तार गर्ने र गार्डेन मार्ट स्थापना गर्ने जनाएको छ ।



Leave a comment