पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको १९औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले मंसिर १३ गते बाट प्रारम्भ गरी शनिबार (मंसिर २७ गते) । सभा समापन गरेको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारी विभागले जारी गरेको साधारण सभा सञ्चालन सम्बन्धी निर्देशन बमोजिम पुर्ण रुपमा स्वास्थ्य मापदण्ड पुरा गरि पोखरा रोयल साकोसले साधारण सभा सम्पन्न गरेको, सहकारी ऐन र नियमावली अनुसार कोषहरुको व्यवस्थापन गरेको प्रत्यक्ष रुपमा देखिएकोले अन्य संस्थाले पनि यसले गरेको कार्यहरुलाई अनुसरण गर्दा सहकारी अभियान सफल हुने बताए ।
कार्यक्रममा उत्कृष्ट वर्ष कर्मचारी २०७६ बाट दुलेगौडा सेवाकेन्द्र प्रमुख सरस्वती भुजेल, उत्कृष्ट वर्ष सदस्य बाट शेयर सदस्य किसन कुमार खनाल र सरस्वती बराल पौडेल, उत्कृष्ट बाल बचतकर्ता सम्मान बाट सोफिया गुरुङ, उत्कृष्ट लघुवित्त केन्द्र पुस्कारबाट प्रथम पिपलथोक केन्द्र, दोस्रो लालिगुराँस केन्द्र र तेस्रो मेलमिलाप केन्द्र एवं उत्कृष्ट सुझावकर्ता बाट शेयर सदस्य राजकुमार अर्याललाई सम्मान गरेको थियो । १५ दिनसम्म सञ्चालनमा रहेको साधारण सभामा कुल ७५०१ जना सदस्य मध्ये ४३२८ सदस्यको उपस्थिती रहेको बताइएको छ ।
संस्थाका अध्यक्ष मेजर तुलसी प्रसाद गुरुङको अध्यक्षतामा भएको सभामा सदस्यहरुलाई १०.५३ प्रतिशत लाभांश, संरक्षित पुँजि फिर्ता कोषबाट सदस्यहरुले बचतमा प्राप्त गरेको व्याजमा ३.५० प्रतिशत र ऋणमा तिरेको व्याजको आधारमा ३.३० प्रतिशत प्रतिफल प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । संस्थाको असार मसान्त सम्म १ अर्व ८३ करोडको वासलात रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी दिए ।
हाल संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरासहित सेवाकेन्द्रहरु दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहोरिया कास्कीमा गरि ४ वटा कार्यालय मार्फत सदस्यहलाई वित्तिय सेवा प्रवाह गरिएको, संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्गजा, तनहुँ र लम्जुङ्ग रहेको, ४२ जना कर्मचारी रहेको बताइएको छ ।
Leave a comment