हाइलाइट

उपासना महिला साकोसमा नयाँ समिति निर्वाचित

उपासना महिला साकोसमा नयाँ समिति निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा पुनः अमरावती महर्जन (बलामी), उपाध्यक्ष सरिता थापा खड्का, सचिव राखी खनाल, कोषाध्यक्ष तुल्सा खड्का र सदस्यहरुमा पवित्रा केसी, उर्वशी रेग्मी (पाण्डे) र रामप्यारी श्रेठ चयन भएका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा मैया चाँपागाई र सदस्यहरुमा सावित्री कुँवर र शोभा लामा चयन भएका छन् । यस्तै शिक्षा उपसमितिको संयोजकमा आरती चित्राकार चयन भएको छ भने सदस्यहरुमा अरचना मानन्धर र अम्बिका कडेल चयन भएका छन् ।साधारण सभाको अवसरमा नयाँ विभिन्न ब्यक्तीत्व, सदस्य, कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

संस्थाको साभारण सभा मंसिर १९ गतेदेखि सुरु भएको थियो । मंसिर २६ गते समापन समारोह कार्यक्रम गर्दै संस्थाको ११ औं साधारण सभा सम्पन्न गरेको हो । समापन कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलल प्रमुख अतिथि रहेका थिए । साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता संगिता कडेल, उत्कृष्ट ऋणी लक्ष्मीमाया बस्नेत, उत्कृष्ट समूह कोतादेवी महिला समूह, उत्कृष्ट कर्मचारी सावित्री खनाल सम्मानित भएका थिए ।

त्यस्तै दाम्पत्य जोडीमा कान्छामान तामाङ र मसली तामाङ सम्मानित भएका थिए । यसैगरी उपासना सम्मान २०७७ बाट सगरमाथा डेण्डल केयर, एडोरेशन स्कूल, तुलसी थापा मगर, नयन सापकोटा, स्वयम्भु भगवान कानुनी सेवालय र अच्युतप्रसाद भट्टराई सम्मानित भएका छन् ।



Leave a comment