समृद्धिका लागि सहकारी

समृद्धिका लागि सहकारी :: Sahakari Akhabar

देशभरका सहकारी संघसंस्था र सहकारीकर्मीहरु कोरोनाविरुद्धको लडाइँमा हातेमालो गरिरहेका छन् । सहकारी संघसंस्थाले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको उपचार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । स्थानीयस्तरमा जनचेतनामूलक कामका साथै लकडाउनमा अप्ठेरोमा परेका सदस्य तथा सर्वसाधारणलाई राहत वितरण गर्न पनि सहकारी संघसंस्थाले भूमिका निर्वाह गरेका उदाहरण प्रशस्त छन् ।

हकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति राज्यले लिएको छ । नेपालको संविधानले समेत दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्ने तीनवटा आधारमध्येको महत्वपूर्ण आधारका रूपमा सहकारीलाई लिएको छ । त्यसका अन्य आधारहरु सार्वजनिक र निजी क्षेत्र हुन् । यी तीनको जगमा उभिएर हामीले अपेक्षा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य पहिचान गर्न सकिन्छ ।

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने दर्शनमा आधारित रहेर अगाडि बढेको सहकारी आन्दोलन एकता, विश्वास, सहयोग र सन्तुष्टिको माध्यम हो । सहकारी अवधारणा विश्वमा १९औँ शताब्दीमा सुरु भएको हो । नेपालमा २०१३ सालमा चितवनको बखान सहकारीका नाममा प्रारम्भ भएर हाल मुलुकका ७७ जिल्ला र ७४९ स्थानीय तहमा पुगेको छ । संख्यात्मक रुपमा ३४ हजार ८३७ रहेका प्रारम्भिक सहकारी संस्थाले ६८ हजार चार सयलाई प्रत्यक्ष रोजगारी र दसौँ लाखलाई अप्रत्यक्ष रुपमा लाभान्वित गराइरहेका छन् । विभिन्न २० प्रकारका सहकारीहरू महासङ्घमा रहेका छन् । मुलुकमा परिचालित झन्डै ३० खर्ब रुपियाँ ऋणमध्ये चार खर्ब सहकारीको माध्यमबाट परिचालित छ । कुल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको सहकारी समाजवादप्रति प्रतिबद्ध राष्ट्र निर्माणको आधार बनाउने दिशामा अगाडि बढेको छ ।

प्रदेश, जिल्ला र ९९ प्रतिशत स्थानीय तहमा पहुँच पुर्याएका सहकारी संस्थाहरू समुदाय र परिवार तहसम्म भिजेका छन् । तीनै तहका सरकार सञ्चालनमा विगतमा सहकारीमार्फत नेतृत्वमा पुगेका मानिस क्रियाशील छन् । झन्डै ६५ लाख मानिस सहकारी सञ्जालमा आबद्ध छन् । आबद्ध सदस्यमध्ये महिलाको हिस्सा आधाभन्दा बढी छ । जङ्गलमा बस्न रुचाउने राउटेदेखि, दलित, भूमिहीन, पछि परेको वर्ग समुदायले आबद्धता जनाएको र विश्वास गरेको क्षेत्र हो सहकारी ।

स्वास्थ्य सहकारी संस्था, कृषि तथा उपभोक्ता सहकारीले खाद्य स्टोर सञ्चालनमार्फत दैनिक उपभोग्य सामान सुपथ मूल्यमा बिक्री गरे । दुग्धजन्य वस्तु सेवा उत्पादन र आपूर्ति, कृषि उपज उत्पादन र वितरण एवं ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पुर्याउन सहकारी क्षेत्रको योगदान र उपलब्धि रहेको यथार्थलाई ध्यानमा राख्दै उत्पादनमूलक क्षेत्रमा क्रियाशील रहेका सहकारी संस्थालाई थप उत्पे्ररित गर्नुपर्दछ

नेपालमा सहकारी
चितवनको राप्ती नदीमा आएको बाढीबाट विस्थापित भएका नागरिकको पुनस्र्थापना गर्न २०१३ मा बखान सिंह गुरुङको पहलमा बखान सहकारी संस्था स्थापना भयो । पञ्चायतकालभरि मुलुकमा सरकारद्वारा प्रवद्र्धित ४८५ विभिन्न सहकारी संस्था स्थापना भए । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि सहकारी ऐन, २०४८ जारी भयो । यही ऐनको जगमा टेकेर मुलुकभर करिब ३५ हजार सहकारी संस्था स्थापना भए । पञ्चायतकालमा राज्यद्वारा नियन्त्रित र सञ्चालित ८२ वटा साझा संस्था रहेकोमा हाल आवश्यकता नदेखिएकाले साझा संस्थाहरू थपिएका छैनन् । वि.सं २०७४ मा आएको नयाँ सहकारी ऐनले नेपालको संविधान बमोजिम सहकारी संस्था दर्ता, सञ्चालन र नियमनको अधिकार स्थानीय तह र प्रदेशमा समेत रहने व्यवस्था गरेको छ । पछिल्लो पटक त्यसअनुसार सहकारी विभागले ९९ सहकारी संस्था एकीकरण गरी ४४ को संख्यामा झारेको छ भने प्रदेश र स्थानीय तहले ३१५ नयाँ सहकारी संस्था दर्ता गरेका छन् ।

नेपालमा हाल १४ हजारभन्दा बढी बचत र ऋणको कारोबार गर्ने सहकारी छन् । सहकारीका अन्य प्रकारमा बचत ऋण, बहुउद्देश्यीय, कृषि, उपभोक्ता र श्रमिक गरी विभिन्न प्रकृतिका सहकारी रहेका छन् । प्रदेशगत विवरण हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा कम र बागमती प्रदेशमा सबैभन्दा बढी सहकारी संस्था छन् । डोल्पाको बुद्ध से–फोक्सुण्डो र थार्का ताङसाङ गाउँपालिकामा एउटा पनि सहकारी संस्था छैन । त्यसैगरी मनाङको नार्मा भूमि गाउँपालिकासमेत सहकारी नभएको स्थानीय तह हो ।

बिचौलियाको अन्त्य र उद्यमशीलता एवं सिर्जनशीलता प्रवद्र्धन सहकारीमार्फत सरकारले गरेको अपेक्षा हो । हाम्रो समाज र नागरिकको मानसिकता परिवर्तन पनि त्यसका लागि जरुरी छ । उपभोग प्रवृत्तिमा सुधार ल्याई हाम्रा आफ्नै उत्पादनमा जोड दिन व्यापक नागरिक चेतना विस्तार सहकारी संस्थाहरूले गर्न सक्दछन् ।

सहकारी क्षेत्रका उपलब्धि
संविधानले उच्च महत्वपूर्ण र प्राथमिकता दिएको सहकारी क्षेत्रको प्रवद्र्धन, विकास र विस्तारका लागि छुट्टै ऐन, कानुन निर्माण र यसलाई सहज बनाउन १८ वटा कार्यविधि जारी भइसकेका छन् । पछिल्लो समय कर्जा सूचना केन्द्र, स्थिरीकरण कोष, कर्जा असुली न्यायाधीकरण एवं बचत तथा कर्जा सुरक्षण कोष स्थापना र सञ्चालनले गति लिएको छ । संघ प्रदेश र स्थानीय तह गरी तीन तहको नियमनात्मक व्यवस्थाका कारण सहकारी व्यवस्थापनका प्रारम्भिक दिनमा जटिलता देखिएको भए पनि हालका दिनमा काम–कारबाहीमा स्पष्टता आएको छ ।

अधिकांश स्थानीय तह र सबै प्रदेशले सहकारी सम्बद्ध कानुन तर्जुमा र डेडिकेटेट जनशक्ति व्यवस्थापन गरिसकेका छन् । नेतृत्व क्षमता विकास, रोजगारी सिर्जना र चेतना विस्तारमा सहकारीले पुर्याएको योगदान अतुलनीय छ । समुदायलाई सामुहिक भावनामा बाँध्न मात्र होइन, सहकारीका असल अभ्यासको अवलम्बनबाट विश्वसामु नेपाललाई चिनाउन यस क्षेत्रले गुन लगाएको छ । त्यसैले मुलुकको गरिबी निवारणको माध्यम सहकारी हुन्छ भन्ने ध्येयका साथ सहकारी हेर्ने छुट्टै मन्त्रालय, सहकारी विकास बोर्ड र सहकारी विभागको गठन गरिएको छ ।

बचत ऋणको केन्द्रिकृत कारोबारका साथै गाउँगाउँमा रैथाने उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नुपर्दछ । गाउँमा उत्पादित मौसमी तरकारी, फलफूल र अर्गानिक उत्पादनलाई बजारका उपभोक्तासम्म पुर्याउने काम उपभोक्ता, कृषि तथा बुहउद्देश्यीय सहकारी संस्थाहरूको हो । त्यसका लागि सरकारले सङ्कलन केन्द्र, वितरण केन्द्र र ढुवानीमा सहजीकरणको व्यवस्था गर्दछ ।

सहकारीमार्फत हाम्रो अपेक्षा
सहकारी क्षेत्रले श्रम, सीप, प्रविधि,पूँजीलाई एकत्रित गरी उत्पादन उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दछ । नेतृत्व विकास, उपभोक्ता हितको प्रवद्र्धन, आन्तरिक उत्पादनमा बढोत्तरीमार्फत आर्थिक परनिर्भरता कम गर्न तथा सामाजिक रुपान्तरण र समन्यायिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । उद्यमशीलता विकासमार्फत रोजगारी र स्वरोजगारी सिर्जनामा सहकारीको भूमिकालाई महत्वका साथ हेरिएको छ । वित्तीय पहुँच विस्तार र आर्थिक सामाजिक समावेशीकरणमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नेपालले समेत आन्तरिकीकरण गरेको दिगो विकासका लक्ष्य प्राप्तिमा सहकारीले योगदान पुर्याउँछ । सहकारीमार्फत स्वरोजगार सिर्जनामा हुने तथा श्रमिकद्वारा सञ्चालित सहकारी सङ्घ–संस्थामार्फत विकास तथा श्रम सीपको परिचालनमा सहयोग पुग्दछ ।

अब सङ्ख्यात्मक विकासका हिसाबले उल्लेख्य रहेका सहकारीलाई उत्पादन, रोजगारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रका आधार बनाउनु पर्दछ । बचत ऋणको केन्द्रिकृत कारोबारका साथै गाउँगाउँमा रैथाने उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नुपर्दछ । गाउँमा उत्पादित मौसमी तरकारी, फलफूल र अर्गानिक उत्पादनलाई बजारका उपभोक्तासम्म पुर्याउने काम उपभोक्ता, कृषि तथा बुहउद्देश्यीय सहकारी संस्थाहरूको हो । त्यसका लागि सरकारले सङ्कलन केन्द्र, वितरण केन्द्र र ढुवानीमा सहजीकरणको व्यवस्था गर्दछ । सहकारीले उत्पादन र वितरणका कार्यमा मुख्य भूमिका निर्वाह गर्छ भने केही सहयोग गर्नुपर्दछ । यस्तो सहयोग अनुदानका रूपमा समेत हुन सक्दछ । हुन त अनुदानले सहकारीलाई परनिर्भर बनायो भन्ने आरोप लाग्ने गरेको छ । यसमा केही सत्यता हुँदाहुँदै पनि हामीले सीधै उत्पादनसँग जोडिएका र किसानको जीवनस्तर सुधार्ने कार्यमा सरकारले सहजीकरण गर्दछ भनेका छौँ । किसानको उत्पादनले बजार नपाउने र आयातीत वस्तुको उपभोगबाट जनस्वास्थ्य बिग्रने एवं आयातको बढोत्तरीले व्यापारघाटा चुलिँदै जाने अवस्थाको अन्त्य अबको हाम्रो गन्तव्य हो ।

सहकारीको माध्यमबाट गरिब तथा विपन्न वर्गको संलग्नतामा सञ्चालन हुने व्यावसायिक आयोजनालाई वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ । सहकारीमार्फत स्वरोजगार सिर्जनामा सहयोगी हुने तथा श्रमिकद्वारा सञ्चालित एवं अन्य सहकारी संघ–संस्थालाई आयोजना सञ्चालनका लागि बीउ पुँजी अनुदान उपलब्ध गराउने कार्यलाई निरन्तरता दिनुपर्दछ । सहकारी सङ्घ–संस्थामार्फत उत्पादित वस्तुको प्रशोधन, भण्डारण, बजारीकरण र विविधीकरणसम्बन्धी आयोजनाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने कार्य सरकारले विगतदेखि नै गर्दै आएको छ । अन्तर्राष्ट्रिय जगत्का असल अभ्यास र हाम्रा मौलिक गतिविधि अवलम्बनमार्फत सहकारीलाई समृद्धिको साधन बनाउनु पर्दछ । उत्पादन उपयोग चेन शृङ्खला बनाउन सरकार लागिपरेको छ ।

बिचौलियाको अन्त्य र उद्यमशीलता एवं सिर्जनशीलता प्रवद्र्धन सहकारीमार्फत सरकारले गरेको अपेक्षा हो । हाम्रो समाज र नागरिकको मानसिकता परिवर्तन पनि त्यसका लागि जरुरी छ । उपभोग प्रवृत्तिमा सुधार ल्याई हाम्रा आफ्नै उत्पादनमा जोड दिन व्यापक नागरिक चेतना विस्तार सहकारी संस्थाहरूले गर्न सक्दछन् । नेतृत्व र क्षमता विस्तारको समयलाई थाती राखी उत्पादन, उत्पादकत्व र उद्यमशीलता बढाउन अब ढिला गर्न हुँदैन । एकै प्रकृतिका तालिम र प्रशिक्षणलाई निरन्तरता दिनुको साटो नवीनता प्रवद्र्धन होस् भन्ने सहकारीमार्फतको सरकारकोे अपेक्षा हो ।

सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ । जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ । हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई अपडेट गरी समृद्ध मुलुक निर्माणमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नुपर्छ । नीतिगत समस्याको संशोधन र नयाँ ऐन, नीति नियम निर्माणमा सरकार लागिरहेको छ । पछिल्लो पटक सहकारी अभियानको माग र यस क्षेत्रको आवश्यकता समेतलाई दृष्टिगत गरी सहकारी ऐन र नियमावली संशोधन प्रस्ताव तयार पार्न सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा एक समिति गठन भएको छ । नीतिगत स्थायित्व साथसाथै संस्थागत क्षमता विकास, जनशक्तिमा आचरणको प्रवद्र्धन र सेवा प्रवाहमा सहजता ल्याएको छ सहकारी क्षेत्रले । कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निर्माणका लागि सहकारीको पुँजी परिचालन गरी हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको छ ।

नेपालले समेत आन्तरिकीकरण गरेको दिगो विकासका लक्ष्य प्राप्तिमा सहकारीले योगदान पुर्याउँछ। सहकारीमार्फत स्वरोजगार सिर्जनामा हुने तथा श्रमिकद्वारा सञ्चालित सहकारी सङ्घ–संस्थामार्फत विकास तथा श्रम सीपको परिचालनमा सहयोग पुग्दछ ।

अबको गन्तव्य
सहकारी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्ने रणनीति लिनु आवश्यक छ । यसका लागि उद्यमशीलता विकास र स्थानीय पर्यटन प्रवद्र्धनमा सहकारीको भूमिकालाई बढाउँदै लग्नु पर्दछ । वित्तीय पहुँच विस्तार र आर्थिक सामाजिक समावेशीकरणमार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्दछ । दिगो विकासका लक्ष्य प्राप्तिमा योगदान पुर्याउन सहकारी सङ्घ–संस्थालाई अभिप्रेरित गर्नु पर्दछ । कोभिड–१९ जस्ता विश्वव्यापी रूपमा देखापरेका महामारीका समयमा सहकारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा निर्वाह गरेको भूमिका सबै क्षेत्रबाट प्रशंसित छ । देशभरका सहकारी संघसंस्था र सहकारीकर्मीहरु कोरोनाविरुद्धको लडाइँमा हातेमालो गरिरहेका छन् । सहकारी संघसंस्थाले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको उपचार कोषमा आर्थिक सहयोग गरिरहेका छन् । स्थानीयस्तरमा जनचेतनामूलक कामका साथै लकडाउनमा अप्ठेरोमा परेका सदस्य तथा सर्वसाधारणलाई राहत वितरण गर्न पनि सहकारी संघसंस्थाले भूमिका निर्वाह गरेका उदाहरण प्रशस्त छन् ।

स्वास्थ्य सहकारी संस्था, कृषि तथा उपभोक्ता सहकारीले खाद्य स्टोर सञ्चालनमार्फत दैनिक उपभोग्य सामान सुपथ मूल्यमा बिक्री गरे । दुग्धजन्य वस्तु सेवा उत्पादन र आपूर्ति, कृषि उपज उत्पादन र वितरण एवं ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पुर्याउन सहकारी क्षेत्रको योगदान र उपलब्धि रहेको यथार्थलाई ध्यानमा राख्दै उत्पादनमूलक क्षेत्रमा क्रियाशील रहेका सहकारी संस्थालाई थप उत्पे्ररित गर्नुपर्दछ । समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण सहकारीमार्फत सम्भव छ । देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्दछ । मुलुकको अर्थतन्त्रको तीन आधारमध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधारस्तम्भ नै भएको स्पष्ट छ ।

झन्डै ६५ लाख मानिस सहकारी सञ्जालमा आबद्ध छन् । आबद्ध सदस्यमध्ये महिलाको हिस्सा आधाभन्दा बढी छ । जङ्गलमा बस्न रुचाउने राउटेदेखि, दलित, भूमिहीन, पछि परेको वर्ग समुदायले आबद्धता जनाएको र विश्वास गरेको क्षेत्र हो सहकारी ।

केही सहकारीमा विकृति देखिएको र उक्त विकृति हटाउँदै सहकारी अभियान अगाडि बढ्नुपर्ने अवस्था छ । सहकारीको पुँजी सही तवरले सञ्चालन गर्न नसकिएको यथार्थलाई ख्याल गर्दै सहकारीको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ । उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्यारा केही छन् भने कानुनी अवरोध फुकाउन सरकार तयार छ । उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने आवश्यकता रहेको छ । यदि सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरू सदस्य केन्द्रितसमेत हुन सक्दैनन् ।

लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ । यसका लागि सरकार कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न साना किसानलाई सहकारीको माध्यमबाट एकीकृत गरी ठूलो आकारको खेती गर्दै बृहत् परिमाणमा कृषि उत्पादन, प्रशोधन र बजारीकरण गर्न आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय काम गर्न सक्नेमा विश्वस्त हुन सक्ने वातावरण बनाउन आवश्यक छ । मुलुकको समृद्धि र विकासका लागि सहकारी, निजी र सार्वजनिक क्षेत्रले हातेमालो गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । कार्तिक २७, २०७७ बिहीबार, गोरखापत्र अनलाइनमा प्रकाशित छ ।



Leave a comment