काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटमा मन्त्री लिङ्थेपले उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत २ अर्ब ९२ करोड विनियोजन गरेको जनाए ।
कृषि उपजको प्रशोधन तथा बजारीकरण गरी व्यवसाय विस्तार गर्न साना किसानको समेत पहुँच सुनिश्चित गरी बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामार्फत उपलब्ध हुने कृषि कर्जामा ब्याज अनुदान प्रदान गर्न ८ करोड ३८ लाख बजेट विनियोजन गरिएको जनाए ।
त्यसैगरी सहकारी संस्थाको प्रभावकारी नियमनमार्फत सहकारी क्षेत्रमा हुने अनियमितता, बचत अपचलन र ठगी नियन्त्रण गर्न सहकारी क्षेत्रमा संलग्न मानव संसाधनको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए त्यसैगरी स्थानीय सम्भाव्यता र विशिष्टताका आधारमा रैथाने बालीसहित कृषि तथा पशुपन्छीजन्य उपजको प्रशोधन, भण्डारण र बजार प्रवद्र्धन गर्न स्थानीय तहसँग साझेदारी गरिने उल्लेख गरे ।
प्रदेशमा खाद्य सुरक्षा सुनिश्चित गर्न धान, मकै, गहुँ, कोदो, जौ, फापर लगायतका पोषक बाली उत्पादनलाई विशेष प्रोत्साहन दिने उल्लेख गरे । बजारमा कृषिजन्य वस्तुको माग बढी भई आयात हुने प्याज, लसुन, आलु र गोलभेडाजस्ता दैनिक उपभोग्य स्थानीय कृषि उपजको उत्पादन वृद्धि गर्न कृषकलाई विशेष प्रोत्साहन गर्ने व्यवस्था जनाए ।
Leave a comment